कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

अन्तर्राष्ट्रिय जापानी भाषा वक्‍तृत्वकला प्रतियोगितामा अनुजा प्रथम

काठमाडौँ — जापानको ओकायामा प्रिफेक्चरमा खाके गाकुइन ओकायामाद्वारा २६ नोभेम्बरमा आयोजित ११ औं अन्तर्राष्ट्रिय जापानी भाषा वक्‍तृत्व कला प्रतियोगितामा नेपालले प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

अन्तर्राष्ट्रिय जापानी भाषा वक्‍तृत्वकला प्रतियोगितामा अनुजा प्रथम

प्रतियोगितामा नेपालकी अनुजा श्रेष्ठले प्रथम स्थान हासिल गरेकी हुन् । उनी पाटनस्थित जापान ल्याङ्वेज एण्ड एजुकेसनल कल्चरल कन्सलट्यान्सी विद्यार्थी हुन् ।

प्रतियोगितामा विश्वभरीका २३ सयजनाले भाग लिएका थिए । त्यसमध्येबाट अन्तिम चरणको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा ११ देशका १४ जना प्रतिस्पर्धीहरु छनोट भएका थिए । नेपाल, भारत, बंगलादेश, चीन, अमेरिका, श्रीलंका, मगोलिया, मलेसिया, पाकिस्तान, दक्षिण कोरिया तथा भियतनाम गरी ११ मुलुकका १४ विद्यार्थीहरुले भाग लिएको उक्त प्रतियोगितामा नेपालले पहिलो पटक सहभागिता जनाएको थियो । 'कोरोना भाइरसले गर्दा नयाँ दैनिकी जीवनमा चुनौती' शिर्षकमा अनुजाले जापानी भाषाको खुबी देखाएकी थिइन् ।

उनले कोरोना माहामारीको समयमा आफ्नो दैनिक जीवनमा भोगेका ठूला साना हार, आफ्ना परिवार र आफन्तजनहरुको महत्वपूर्ण भूमिकाको कारण जीतमा परिणत गर्न सफल भएको कुरालाई उल्लेख गर्दै जापान जाने सोच प्रति आफू सकारात्मक भएको भाव व्यक्त गरेकी थिइन् । यसअघि अनुजा २०२१ मार्च १० मा जालतालद्वारा आयोजित वक्‍तृत्वकला प्रतियोगितामा प्रथम बनेकी थिइन् ।

प्रकाशित : मंसिर २२, २०७८ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?