कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

तिवारीको पुस्तक 'कसले सुधार्छ कांग्रेस' सार्वजनिक

काठमाडौँ — लेखक तथा राजनीतिक विश्लेषक शंकर तिवारीको पुस्तक 'कसले सुधार्छ कांग्रेस ?' मंगलबार काठमाडौंमा सार्वजनिक भएको छ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअघि लेखक तिवारीको उक्त पुस्तक सार्वजनिक हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

तिवारीको पुस्तक 'कसले सुधार्छ कांग्रेस' सार्वजनिक

पछिल्लो १० वर्षयता लोकतन्त्र र संविधानवादमा देखिएका समस्या र त्यसमा नेपाली कांग्रेसको भूमिकाबारे केन्द्रित भएर उक्त पुस्तक लेखिएको हो।

विशेषगरी कांग्रेसको नेतृत्वमा पछिल्लो समय देखिएको सैद्धान्तिक बिचलन र लोकतान्त्रिक संस्कार लगायत विषयमा पुस्तकले गहन विमर्ष गरेको छ ।

'कांग्रेसको नेतृत्मा लोकतन्त्र आयो । संविधान जारी भयो । पछिल्लो समय यसको नेतृत्वमा आएको बिचलनले धेरैलाई प्रभावित पारेको छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । यस क्रममा आम कार्यकर्ताले बिचार विमर्ष गर्न जरुरी छ । यसैलाई मध्यनजर राखेर पुस्तक ल्याइएको हो,' लेखक तिवारीले भने । पुस्तकमा विश्वभरका राजनीतिक आन्दोलन र संघर्षलाई पनि समेटिएको लेखक तिवारीले बताए ।

कांग्रेसका आम युवा कार्यकर्तालाई बिचार निर्माण तथा सचेत बनाउन पुस्तकले मद्दत पुग्ने लेखक तिवारीको अपेक्षा छ । पुस्तक विमोच गर्दै कांग्रेसका नेता गगन थापाले कांग्रेसको नेतृत्व अहिले सुध्रनुपर्ने प्रतिक्रिया दिएका थिए । साथै नेतृत्व अहिले नसुध्रिए पार्टी नै समाप्त हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए ।

प्रकाशित : मंसिर २१, २०७८ २१:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?