शिल्पीका मन्त्रबारे पुस्तक- साहित्य/विविध - कान्तिपुर समाचार

शिल्पीका मन्त्रबारे पुस्तक

कान्तिपुर संवाददाता

काठमाडौँ — डीबी नेपाली ‘दमु’ को पुस्तक ‘गण्डकीका शिल्पी समुदायको मन्त्र सम्पदा’ प्रकाशित भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान संस्कृति विभागको अनुसन्धान परियोजनाअन्तर्गत उक्त कृति प्रकाशित गरिएको विभाग प्रमुखसमेत रहेका उपकुलपति जगमान गुरुङले बताए ।


उनका अनुसार लेखकले गण्डकी प्रदेशमा बसोबास गर्ने कामी, दमाई, सार्की आदि शिल्पी समुदायमा परम्परादेखि प्रचलित तर अहिलेसम्म ओझेलमा परिरहेको मन्त्र सम्पदाको स्थलगत खोज–अनुसन्धान गरी पुस्तक तयार पारेका हुन् ।

‘पुस्तकले प्रज्ञा प्रतिष्ठानको समावेशी एवं समन्वयात्मक नीतिलाई प्रकाश पारेको छ,’ उनले भने, ‘जनस्तरमा प्रचलित महत्त्वपूर्ण सम्पदाहरूलाई समाजसमक्ष प्रस्तुत गर्दा दीर्घकालसम्म रहन्छ ।’

प्रकाशित : मंसिर २०, २०७८ २१:११
प्रतिक्रिया
पठाउनुहोस्

कान्तिपुरले एपेक्सका विद्यार्थीलाई इन्टर्नसिप र रोजगारीमा प्राथमिकता दिने

कान्तिपुर मिडिया ग्रुप र एपेक्स कलेजबीच एमओयू
दुई संस्थाले विभिन्न क्षेत्रमा अध्ययन तथा अनुसन्धानका काम संयुक्त रुपमा गर्ने
कान्तिपुर संवाददाता

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुप र एपेक्स कलेज प्राइभेट लिमिटेडबीच पारस्पारिक सम्बन्धका विभिन्न क्षेत्रमा सहयोग र सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर (एमओयू) भएको छ ।

दुई संस्थाबीच एमओयूमा हस्ताक्षर पछि जारी प्रेस वक्तव्यमा एपेक्स कलेजका विद्यार्थीलाई कान्तिपुर मिडिया ग्रुपले रोजगारी तथा इन्टर्नसिपका लागि अवसर दिने उल्लेख छ । त्यस्तै, एपेक्स कलेजका प्राध्यापक एवं विद्यार्थीहरुले गरेका शोध–अनुसन्धानलाई कान्तिपुर पब्लिकेसनमार्फत् प्रकाशन तथा अभिलेखिकरण गरिने जनाइएको छ ।

कान्तिपुर मिडिया ग्रुपका एजीएम महेश स्वार र एपेक्स कलेजका प्रिन्सिपल एलपी भानु शर्माले सोमबार यस्तो सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

‘एपेक्स कलेजअन्तर्गतको एपेक्स मिडिया क्लबमार्फत् विद्यार्थीहरुले टेलिभिजन र रेडियोका माध्यामबाट आफ्ना क्षमता प्रस्तुत गर्ने अवसर पाउनेछन्,’ वक्तव्यमा भनिएको छ, ‘एपेक्स कलेजले सञ्चालन गरिरहेको ब्याचलर अफ कम्प्युटर इन्फरमेसन सिस्टोम (बीसीआईएस) कार्यक्रममा अध्ययनरत विद्यार्थीका लागि कान्तिपुर डिजिटल कर्पमा इन्टर्नसिपको अवसर दिइनेछ ।’

सम्झौता पछि दुई संस्थाले विभिन्न क्षेत्रमा अध्ययन तथा अनुसन्धानका काम संयुक्त रुपमा गर्न सक्ने जनाइएको छ । ‘दुई संस्थाबीच भएको समझदारीले दुवै संस्थाको स्रोत साधनको प्रयोगबाट बदलिँदो समयअनुसार एक बृहत् प्लेटफर्म सिर्जना गर्न सहयोग गर्नेछ,’ कान्तिपुर मिडिया ग्रुपका एजीएम स्वारले भने, ‘यो दुवै पक्षका लागि विन–विनको सम्झौता हो ।’

प्रकाशित : मंसिर २०, २०७८ २०:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×