१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

‘मोम्चो’ कथासंग्रह सार्वजनिक

रमेशकुमार पौडेल

चितवन — चेपाङ समुदायको दैनिकीमा आधारित कथासंग्रह ‘मोम्चो’विमोचन गरिएको छ । बसन्त पराजुलीद्वारा लिखित उक्त कथासंग्रह आइतबार गैंडाकोटमा सार्वजनिक गरिएको हो । चेपाङ भाषाको शब्द मोम्चोको अर्थ महिला वा नारी हो ।

‘मोम्चो’ कथासंग्रह सार्वजनिक

चेपाङ समुदायको पीडा व्यथा समेट्ने क्रममा उनीहरुकै भाषाको शब्द राखेर कथासंग्रह निकालेको पराजुलीले बताए । चितवनका पत्रकारसमेत रहेका पराजुलीको यो कृतिमा ११ वटा कथाहरु रहेका छन् ।

भुँडीपुराण प्रकाशन प्रालिले प्रकाशन गरेको कृतिको विमोचन चेपाङ किशोरी रमिता चेपाङले नै गरिन् । ‘मोम्चो चेपाङ समुदायमा बढ्दो बालविवाह र त्यसपछि महिलाले भोग्नु परेका समस्यामा केन्द्रित कथा हो’, पराजुलीले भने । पराजुलीको यो दोस्रो कथासंग्रह हो । उनले डेढ वर्षअघि ‘कुमाता’ कथासंग्रह प्रकाशित गरेका थिए ।

अक्षर समूह चितवनको आयोजनामा गरिएको विमोचन कार्यक्रममा कृतिमाथि वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ र आख्यानकार अश्विनी कोइरालाले समीक्षा गरेका थिए ।

प्रकाशित : मंसिर १९, २०७८ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?