घाँसी कविता प्रतियोगिताका विजेता पुरस्कृत

काठमाडौँ — प्रथम घाँसी खड्ग ठाडा मगर जयन्तीका अवसरमा आयोजित कविता प्रतियोगिताका विजेता कविलाई पुरस्कृत गरिएका छन् । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यले आफ्नो रचनामा उल्लेख गरेको ‘घाँसी’ पात्र खड्ग ठाडा मगरको स्मृतिमा यो कविता प्रतियोगिता गरिएको हो । 

घाँसी कविता प्रतियोगिताका विजेता पुरस्कृत

नेपाल आदिवासी जनजाति साहित्यकार/लेखक महासंघ, यूके च्याप्टरले गत जुलाई १३ तारिखमा कविता प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगितामा काठमाडौँकी सीता तुम्खेवा पहिलो, धरानकी हेन्सन याक्खा दोस्रो, मोरङका प्रदीप योङहाङ तेस्रो र उदयपुरका टीका टोली मगरले सान्तवना पुरस्कार प्राप्त गरेका छन् । विजयी कविलाई क्रमशः १५ हजार, १० हजार, सात हजार र पाँचहजार तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

राजधानी काठमाडौँको अनामनगरस्थित मण्डला थिएटरमा आयोजित समारोहमा नेपाल आदिवासी जनजाति साहित्यकार/लेखक महासंघका अध्यक्ष तथा साहित्यकार राजन मुकारुङ र जयन्तीका परिकल्पनाकार आङकाजी शेर्पाले पुरस्कार प्रदान गरेका हुन् ।

यूके र नेपालबाट डेढ दर्जन कविहरू सहभागी प्रतियोगिताका कवितालाई पुस्तकका रूपमा प्रकाशन गरी सार्वजनिक गरिएको कार्यक्रमका संयोजक अमित थेबेले जनाएको छ ।

प्रकाशित : मंसिर १६, २०७८ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?