गौतमको निबन्धसंग्रह ‘पिँजडाको मान्छे’ सार्वजनिक

काठमाडौँ — सरला गौतमको निबन्धसंग्रह ‘पिँजडाको मान्छे’ सार्वजनिक भएको छ । पब्लिकेसन्स नेपालयले यस वर्ष प्रकाशित गरेको यो दोस्रो प्राइमरी ई (बुक)हो ।नेपालयले यसभन्दा पहिले सुजीव शाक्यको ‘अर्थात् परिवर्तन’लाई प्राइमरी ई–बुकको रुपमा प्रकाशन गरेको थियो ।

गौतमको निबन्धसंग्रह ‘पिँजडाको मान्छे’ सार्वजनिक

निबन्धहरूले आधुनिक मनुष्यको एकांकीपना, प्रविधि, पितृसत्ता र पर्यावरणका मुद्दाहरूमा गहन दृष्टि राखेका छन् । पुस्तकमा महामारी अघि र पछिको दुई धारमा पितृसत्ता, पर्यावरण, कृषि, समानताका मुद्दाहरुलाई नियाल्ने जमर्को गरिएको गौतमले बताइन् । उनले भनिन्,‘विराटतम् स्वतन्त्रताको खोजीमा सहर पसेको मान्छे कस्ता अदृश्य पिँजराहरुको जञ्जालमा फस्दै गएको छ, त्यही प्रक्रियाहरुको चिन्तनको उपज हो यो पुस्तक ।’

निबन्धहरूमा सुपरिचित गद्य शैली झल्किएको छ जसले गौतमलाई नेपाली पत्रपत्रिकामा उल्लेखनीय स्तम्भकारको रुपमा स्थापित गराउन मद्दत गरेको छ । गद्यका उल्लेखनीय कृतिहरूलाई सहज बनाउनका निम्ति थप पहुँच तथा योग्य डिजिटल फर्म्याटमा काम गरिरहेका पब्लिकेसन्स नेपालयकी प्रमुख कार्यकारी अधिकृत सैजन मास्केले बताइन् ।

आगामी दिनहरूमा ईबुक खण्डका निम्ति गद्य कृतिहरूको दायरालाई अझै फराकिलो पार्दै जाने उनको भनाइ छ ।

प्रकाशित : मंसिर १०, २०७८ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?