नेपाली दर्शनका तीन पुस्तक सार्वजनिक- साहित्य/विविध - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाली दर्शनका तीन पुस्तक सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — अन्तर्राष्ट्रिय दर्शन दिवसको सन्दर्भमा नेपाली दर्शनका तीन अनुसन्धानात्मक पुस्तक सार्वजनिक भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभागले उक्त पुस्तक प्रकाशित गरेको हो ।


सार्वजनिक गरिएका पुस्तकमा गोपीरमण उपाध्यायद्वारा लिखित ‘वैदिक साम्यवाद र वैज्ञानिक समाजवादको तुलनात्मक अध्ययन’, अशोकविक्रम जिसी (समीर सिंह)लिखित ‘साङ्ख्य दर्शन र माक्र्सवाद’ र प्रतिष्ठानबाट प्रकाशित ‘दर्शनावली भाग–८’ रहेका छन् । त्यसैगरी साहित्यकार प्रा.डा. उषा ठाकुरको ‘नेपाली साहित्य सर्वेक्षण र समीक्षा’ समालोचना सार्वजनिक गरिएको छ ।

बिहीबार आयोजित ‘वर्तमान सन्दर्भमा मानवतावादको महत्व’ विषयक विचार–गोष्ठीमा प्रतिष्ठानका कुलपनि गंगाप्रसाद उप्रेतीले उक्त कृति सार्वजनिक गरेका हुन् । युनेस्कोले सन् २००२ मा विश्व दर्शन दिवस मनाउने चलन प्रस्ताव गरेको र महासभाले २००५ मा निर्णय गरेपछि हरेक वर्ष नोभेम्बरको तेस्रो साताको बिहीबार यो दिवस मनाउने गरिएको छ ।

समारोहमा प्राध्यापक वीरेन्द्रकुमार मिश्रले वर्तमान युग मानवतावादको युग भएको बताए । ‘मानवतावादको मोटिभेसन करुणा हो,’ मानवको विकासका लागि उसले अवसर पाउनु पनेए उल्लेख गर्दै मिश्रले भने, ‘हरेकलाई आफ्नो भाग्यरेखा कोर्ने, जीवनको अस्तित्व बचाउने वातावरण चाहियो । डेमोक्रेसी चाहिन्छ ।’ मानवलाई पूर्णरूपमा सशक्तिकरण गर्ने काम मानवतावाद भएको र देशलाई आधार प्रदान गर्नसक्ने सिद्धान्त आवश्यक रहेको उल्लेख गरे ।

प्रतिष्ठानका सदस्यसचिव प्राध्यापक जगतप्रसाद उपाध्यायले जयपृथ्वीबहादुर सिंहले नेपालमा मानवतावादी दर्शनका प्रवर्तन गरेको उल्लेख गरे । ‘सन् १९२३ मा जयपृथ्वीबहादुर सिंहले जातभात, छुवाछुतको विरुद्ध बोल्नु भयो, लेख्नु भयो,’ उनले भने, ‘नेपालको सन्दर्भमा त्यो नै मानवतावादको पहिलो चरण थियो ।’ प्रतिष्ठानले २०६६ सालदेखि दर्शन विभाग गठन गरी अहिलेसम्म दर्शनावली आठ भाग प्रकाशन गरेको छ ।

इतिहासविद् प्राध्यापक दिनेशराज पन्तले नेपाली दर्शनका ग्रन्थहरू प्रकाशन भएसँगै नेपालले छुट्टै ‘दर्शन दिवस’ मनाउनुपर्ने आवश्यकता रहेको बताए । दर्शन कृतिबारे त्रिभुवन विश्वविद्यालय बौद्ध दर्शन विभागका प्राध्यापक वेदराज ज्ञवाली, प्राज्ञ विष्णु प्रभात, प्राज्ञ शशी लुमुम्बूलगायतले चर्चा गरेका थिए ।

प्रकाशित : मंसिर ९, २०७८ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्

जीडब्लुएमको ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ संचालन

कान्तिपुर संवाददाता

काठमाडौँ — ग्रेट वाल मोटर्स (जीडब्लुएम)गाडीहरूको नेपालका लागि आधिकारिक विक्रेता भीजी इम्क्पेक्सले बिहीबारदेखि टेस्ट ड्राइभ र एक्स्चेन्ज क्याम्प संचालन गरेको छ । आफ्ना दुई एसयूभी थर्ड जेन हवाल एच सिक्स र हवाल जोलायनका साथै पीक–अप पावरको ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ आयोजना गरिएको हो । 

यो क्याम्प मंसिर १४ गते सकिनेछ । क्याम्पमा सहभागी हुन इच्छुकले थापाथलीस्थित ग्रेट वालमोटर्सको शाोरुममा गई निशुल्क टेस्ट ड्राइभ तथा एक्सचेन्जको फाइदा लिन सक्नेछन् । टेस्ट ड्राइभका लागि आउने प्रत्येक ग्राहकले आकर्षक उपहार पाउनुका साथै ४३ इन्चको एमआई स्मार्ट टीभी जित्ने मौका पाउने छन्।

यस क्याम्पअन्र्तगत ग्राहकले गाडी एक्सचेन्ज गरी बुकिङ्ग गर्न सक्नेछन् । आकर्षक बोनस, नगद छुट, नि:शुल्क एसेसोरिज र सहज फाइनान्सिङको सुविधा पनि उपलब्ध हुने जीडब्लुएमले जनाएको छ ।


प्रकाशित : मंसिर ९, २०७८ १७:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×