१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मोहन मैनालीद्वारा अनूदित निबन्धसंग्रह 'आकाशमुखी' को आवरण सार्वजनिक 

काठमाडौँ — लेखक मोहन मैनालीद्वारा अनूदित निबन्धहरूको किताब 'आकाशमुखी' को आवरण सार्वजनिक गरिएको छ । दशैँको अवसरमा प्रकाशनगृह 'बुक-हिल'ले आफ्नो ट्विटर ह्यान्डलबाट आयोजना गरेको 'कोट एन्ड आरटी' अन्तर्गतका उप-विजेताद्वय 'म्याउँ' र 'मस्तमौलाना'ले आवरण सार्वजनिक गरेका हुन् ।

मोहन मैनालीद्वारा अनूदित निबन्धसंग्रह 'आकाशमुखी' को आवरण सार्वजनिक 

सामाजिक सञ्जाल ट्विटरमा चर्चित रहेका अपरिचित पाठकबाट आफ्नो पुस्तकको आवरण सार्वजनिक गराउन पाएकोमा लेखक मैनालीले खुशी प्रकट गरे । उनले भने, 'सचेत पाठक नै लेखकभन्दा शक्तिशाली भएकाले लेखकलाई उर्जा प्रदान गर्न यस्ता कुराले मद्दत गर्छ ।'

किताबको आवरण चर्चित ग्राफिक डिजाइनर सचिन यगोल श्रेष्ठले बनाएका हुन् । मैनालीका मनपसन्द १५ वटा विदेशी निबन्धहरूको अनूदित सो किताब आगामी जनवरीमा बजारमा आउनेछ ।

सो अवसरमा लेखकद्वय कुमार नगरकोटी र मोहन मैनालीले उप-विजेताद्वयलाई उपहार हस्तान्तरण गरे । विजेता 'काजीबा' (कार्यक्रममा अनुपस्थित) र उप-विजेताद्वयलाई करिब ४० हजार रुपैयाँबराबरका पुस्तक प्रकाशन गृह बुक-हिलले उपहारस्वरूप प्रदान गरेको हो ।

प्रकाशित : मंसिर ६, २०७८ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?