हङकङबाट नेपालीका कथा ‘लाई–सी’

काठमाडौँ — हङकङमा बसेर नेपाली साहित्य सिर्जना गरिरहेका आख्यानकार दाजु गुरुङले ‘लाई–सी’ कथासंग्रह सार्वजनिक गरेका छन् । काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा गुरुङसहित साहित्यकार ज्ञानु अधिकारी, बिना थिङ, शशि लुमुुम्बुलगायतको उपस्थितिमा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त एवं कवि दिनेशकुमार थपलियाले संग्रहको लोकार्पण गरे ।

हङकङबाट नेपालीका कथा ‘लाई–सी’

पुस्तकमा हङकङको डायस्पोरा जीवनको कथाव्यथालाई नेपाली समाजको सन्दर्भ जोडेर प्रस्तुत गरिएको छ । गुरुङका अनुसार ‘लाई–सी’ को प्राचीन चिनियाँ भाषा हो, जसको अर्थ ‘रातो खामभित्रको दक्षिणा’ हुन्छ । नेपाली समाजमा पनि रंगिन खामहरू प्रयोग गरेर दक्षिणा दिने चलन रहेकाले आगन्तुक शब्द प्रयोग गरिएको उनले बताए । विभिन्न कारणले मूल थलो छाडेर हङकङ बस्न पुगेका नेपालीको जमात ठूलो रहेको सुनाउँदै उनले त्यहाँको अर्काे नेपाललाई कथासंग्रहमार्फत देखाउन खोजेको सुनाए । ‘हङकङमा नेपाली समाज, सुन्दर नेपाली परिवेश र आफ्नै थुप्रै कथाहरू बोकेका नेपालीहरू छन्,’ उनले भने, ‘त्यसैभित्र रहेको अर्को नेपाललाई देखाएर तिनीहरूको दैनिकी, भोगाई, संवेग, लाहुरे हुनुको पीडालाई मैले कथामार्फत ल्याएको छु ।’

गुरुङको कथासंग्रहमाथि आख्यानकार थिङ, समालोचक अधिकारी, निर्वाचन आयुक्त थपलियालगायतकाले परिचर्चा गरे । वर्णनमा बिम्बात्मक प्रयोग नवीन शैलीमा गर्दै प्रतिकूलताभित्र बाँचेर पनि आकांक्षा बोकेर हिँड्ने आम पात्र, तिनका चरित्र र आशालाई कथाहरूमा देखाइएको थपलियाले बताए । यसअघि गुरुङले कथासंग्रह ‘टाँकीका फूलहरू’ सार्वजनिक गरिसकेका छन् ।


प्रकाशित : मंसिर ५, २०७८ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?