१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

साहित्यिक पत्रकार संघको अध्यक्षमा दुवाल 

काठमाडौँ — नेपाल साहित्यिक पत्रकार संघको अध्यक्षमा मोहन दुवाल निर्वाचित भएका छन् । कोभ्रेको बनेपामा शुक्रबार भएको चौथो राष्ट्रिय सम्मेलनले दुवालको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन गरेको हो । दुवाल ३८ वर्षदेखि प्रकाशित ‘जनमत’ साहित्यिक पत्रिकाका प्रधान सम्पादक हुन् ।

साहित्यिक पत्रकार संघको अध्यक्षमा दुवाल 

नवनिर्वाचित कार्यसमितिको पाँच उपाध्यक्षमा वियोगी बुढाथोकी, रामप्रसाद पन्त, नवराज पुडासैनी, बालिका गिरी र गंगा सुवेदी छन् । महासचिव चेतनाथ धमला, उपमहासचिव नवराज रिजाल, दुई सचिवमा होमशंकर बास्तोला र लक्ष्मी भट्टराई तथा कोषाध्यक्षमा सूर्यप्रसाद लाकोजु छन् । सदस्यमा शैलेन्दुप्रकाश नेपाल, प्रकाश सिलवाल, यादव भट्टराई, गणेश राई, नवदीप श्रेष्ठ, गायत्रीकुमार चापागाईं, माधवप्रसाद पोखरेल, सुधीर घिमिरे, बालमुकुन्द कार्की, पुण्य घिमिरे, नानीमैया अधिकारी, जगत वाशिष्ठ र रामसुन्दर देउजा छन् ।

संघले १२ बुँदे ‘बनेपा घोषणापत्र–२०७८’ जारी गर्दै संविधानमा ‘नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन्’ उल्लेख भएअनुसार राज्यले लोपोन्मुख मातृभाषाहरूको समेत संवर्द्धन गर्न पत्रपत्रिका प्रकाशनलाई प्राथमिकता दिनुपर्ने भनेको छ ।

साहित्यिक पत्रपत्रिकालाई छुट्टै मापदण्ड बनाई सञ्चार उपकरणसहितको सुविधा दिइनु पर्ने, संघ, प्रदेश र स्थानीय सरकारले आफू मातहतका कार्यालयमा साहित्यिक पत्रिका र पत्रिका खरिद गर्ने व्यवस्था गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ । प्रस्तावित मिडिया काउन्सिलमा नेपाल साहित्यिक पत्रकार संघको प्रतिनिधि हुनुपर्ने तथा भाषा, साहित्य, संस्कृति, कला विषयका समाचारलाई सरकारी सञ्चारमाध्यमले उच्च प्राथमिकता दिनुपर्नेसमेत माग गरेको छ ।

२०६२/०६३ को राजनीतिक परिवर्तनपछि गठित संघले देशभरि प्रकाशित विभिन्न भाषाका साहित्यिक पत्रपत्रिकाको हित तथा प्रवर्द्धन कार्य गर्दै आएको छ । छ दशकदेखि प्रकाशित ‘रचना’ साहित्यिक पत्रिकाका सम्पादक रोचक घिमिरे र ५१ वर्ष प्रकाशित ‘अभिव्यक्ति’ साहित्यिक पत्रिकाका सम्पादक नगेन्द्रराज शर्माले संघको नेतृत्व गरेका थिए ।

प्रकाशित : मंसिर ३, २०७८ २१:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?