१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

देवकोटा जयन्ती अर्कोपटक कविकुञ्जमा

कान्तिपुर संवाददाता

काठमाडौँ — आगामी वर्ष महाकवि देवकोटाको जन्मजयन्ती मैतीदेवीस्थित कविकुञ्ज संग्रहालयमा गरिनेछ । यसको घोषणा प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले गरेका हुन् । 

देवकोटा जयन्ती अर्कोपटक कविकुञ्जमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औं जन्मजयन्तीका अवसरमा प्रतिष्ठानद्वारा आयोजित ‘व्यक्तित्व चर्चा र रचनावाचन कार्यक्रम’ मा उनले संग्रहालय निर्माणको काम अघि बढेकाले आगामी वर्ष कार्यक्रम आयोजना सहज हुने बताए । उपकुलपति डा. जगमान गुरुङले महाकवि देवकोटा विशिष्ट साधक भएकाले उनका बारे विख्यात अध्यता राहुल सांस्कृतायनले समेत उच्च प्रशंसा गरेको भनाइ राखे ।

कार्यक्रममा देवकोटाकी पनातिनी तथा कवि मञ्जिला अनिलले महाकवि देवकोटाको कविता ‘यात्री’ र कवि सविता बरालले ‘शाकुन्तल’ महाकाव्यभित्रका केही अंश वाचन गरेकी थिइन् । त्यसअघि प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरू, महाकवि देवकोटापुत्र प्रा.डा. पद्मप्रसाद देवकोटा, पुत्री अम्बिकादेवी रिमाल लगायतले प्रज्ञा परिसरमा रहेको महाकवि देवकोटाको प्रतिमामा माल्यर्पण तथा पुष्पगुच्छा अर्पण गरेका थिए ।

प्रकाशित : कार्तिक २२, २०७८ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?