२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

विश्वकर्माको उपन्यास ‘क्वारेनटाइन’ लोकार्पण 

कान्तिपुर संवाददाता

काठमाडौँ — पदम विश्वकर्माको पहिलो उपन्यास ‘क्वारेनटाइन’ लोकार्पण भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले शुक्रबार सो उपन्यासको लोकार्पण गरेका हुन् । उपन्यासमाथि टिप्पणी गर्दै कुलपति उप्रेतीले उपन्यास सरल भाषामा रहेर पनि नयाँ तथा समसामयिक विषय समेटिएको बताए ।

विश्वकर्माको उपन्यास ‘क्वारेनटाइन’ लोकार्पण 

झन्डै दुई वर्षदेखि विश्वभरि मानवजातिलाई आक्रान्त पारेको कोरोना भाइरसले दिएको पीडालाई समेटेर उनले उपन्यास तयार पारेको बताए । उप्रेतीले प्रवासमा रहेर पनि नेपाली भाषा साहित्यको विकास र प्रवर्द्धनमा विश्वकर्माले पुर्‍याएको योगदान अतुलनीय रहेको भन्दै प्रशंसा गरे ।

उपन्यासकार विश्वकर्मा अन्तर्राष्ट्रिय साहित्य समाजका पूर्वअध्यक्षसमेत हुन् । सांग्रीला प्रकाशनले बजारमा ल्याएको ‘क्वारेनटाइन’ १ सय ८४ पृष्ठ रहेको यो उपन्यासको बजार मूल्य ३५० रुपैयाँ छ ।

अमेरिकाको क्लोराडोमा लामो समयदेखि व्यवसाय गर्दै आएका विश्वकर्मा यसअघि नै अन्तर्राष्ट्रिय साहित्य समाजका दुई कार्यकालका लागि अध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् । यसअघि उनका दुई वटा कवितासंग्रह ‘वर्ड फ्लोरेटस’ र ‘शब्द सुमन’ कविता संग्रह प्रकाशित भइसकेका छन् । ‘तमसुक’ कथासंग्रह पनि प्रकाशित भइसकेको छ ।

उपन्यासमाथि समिक्षा गर्दै संचारकर्मी तथा समीक्षक राजकुमार बानियाँले उपन्यासमा कोरोना भाइरसको पहिलो लहरमै अमेरिकामा रहेका नेपालीले भोगेको पीडाको वर्णन समावेश भएको बताए । ‘उपन्यासमा आदर्श र यथार्थको फ्युजन, आख्यान र गैरआख्यानको स्वाद पाइएको छ,’ उनले भने ।

आफ्नै कृतिमाथि बोल्दै उपन्यासकार विश्वकर्माले कोरोना भाइरसको कारण अमेरिकामा नेपालीले भोग्नु परेको कारुणिक पीडा उपन्यासमा समेटेको बताए । कोरोनाको कारण मृत्यु भएपछि आफन्तले छुन र हेर्न नपाएका पीडाहरु र प्रदेशबाट शव आफ्नो देशमा ल्याउन नपाउँदाको पीडासमेत समेटेको बताए ।

‘अस्पतालमा लासको खातले लास राख्ने ठाउँ थिएन, ती कोलाहलपुर्ण दृष्य देखेपछि यी विषयमा लेख्नु पर्छ भन्ने लागेपछि यो विषयमा लेखेको हुँ’ उनले आफ्नो कर्मथलो अमेरिकाको क्लोराडोको घटना स्मरण गर्दै भने । उनले उपन्यास लेख्दा–लेख्दै धेरै पटक भावुक भएको स्मरण गरे ।

प्रकाशित : कार्तिक ६, २०७८ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?