कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

पत्रकारले ल्याए ‘रिडर्स गफ’

कान्तिपुर संवाददाता

काँकडभिट्टा — साठीको दशकतिर केही युवा जमातको एउटा क्लोज सर्कल बन्यो, सीमान्त सहरमा । लेख्ने/पढ्ने रुची भएका युवाहरुको यो समूह पछि रिडर्स झापा बन्यो  । लेखक उज्ज्वल प्रसाईंलगायतका युवाले समूहको अगुवाई गरे । अगुवामध्ये थिए, पत्रकार सन्तोष आचार्य । 

पत्रकारले ल्याए ‘रिडर्स गफ’

करिब डेढ दशकअघि रिडर्स झापाले निरन्तर रुपमा साप्ताहिक अन्तरक्रिया र छलफल आयोजना गर्थ्यो । त्यसै दौरान पत्रकार आचार्यले छलफलमा उठेका विषयवस्तुलाई समेटेर अखबारी स्तम्भ ‘रिडर्स गफ’ सुरु गरेका थिए । स्थानीय पत्रिकामा साप्ताहिक स्तम्भ नै खडा गरेर करिब एक दशक अखबारी लेखन गरे ।

त्यो बेलाको अखबारी लेखनलाई उनले पुस्तकाकारको रुप दिए । खासगरी स्थानीय विषय, विमर्श र मुद्दालाई मुख्य विषयवस्तु बनाएर लेखिएका आलेखको संकलन ‘रिडर्स गफ’ विर्तामोडमा आयोजित समारोहबीच मंगलबार सार्वजनिक गरियो । आख्यानकार पुण्यप्रसाद खरेल र विश्लेषक उज्ज्वल प्रसाईंले संयुक्त रुपमा कृति सार्वजनिक गरेका थिए ।

विश्लेषक प्रसाईंले स्थानीय विषय, विमर्श र मुद्दालाई मुख्य विषयवस्तु बनाएर लेखिएका लेख, निबन्ध र कथाहरुलाई लेखकले पुस्तकका रुपमा संगालेको जनाए । प्रसाईंले भने,‘स्थानीयस्तरका विभिन्न विषयवस्तुहरु समावेश गरिएका कारण कृति पठनीय र रोचक बनेको छ ।’ आख्यानकार खरेलले निबन्धसंग्रहले समाजका विभिन्न आयामलाई समेट्ने प्रयत्न गरेको जनाए ।

मिडिया रिसर्च सेन्टरका प्रमुख तथा पत्रकार तीर्थ सिग्देलले रिडर्स गफ विषयवस्तु र भाषाका दृष्टिमा सशक्त कृति रहेको दाबी गरे । कृतिका भाषा सम्पादक जनार्दन दाहाल, साहित्यकारहरु कुमार भट्टराई र लीला अनमोलले पनि लेखकको कृतित्व र व्यक्तित्वको चर्चा गरेका थिए ।

प्रकाशित : आश्विन २८, २०७८ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?