३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

५० स्रष्टालाई पुरस्कार

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना संक्रमणको महामारीका कारण सार्वजनिक समारोह आयोजना गर्न नपाउँदा थाती रहेको पुरस्कार र सम्मान हस्तान्तरणको कार्यक्रम नइ प्रकाशनले शनिबार रजत महोत्सवको अवसर पारेर गरेको छ । काठमाडौंमा गरेको कार्यक्रममा पूर्वघोषणाअनुसारका पुरस्कार र सम्मान हस्तान्तरण गरिएको हो । 

प्रा.डा.वासुदेव त्रिपाठीलाई ‘महासमालोचक’ उपाधि दिइएको छ । शताब्दी पुरुष सत्यमोहन जोशीले त्रिपाठीलाई ताम्रपत्र र पाँच लाख रुपैयाँ राशिसहितको नइ रजत महोत्सव पुरस्कार हस्तान्तरण गरे । २०७६ र २०७७ मा प्रकाशनले समारोह गर्न सकेको थिएन । ती वर्षमा विभिन्न विधामा पुरस्कार दिइने घोषणा गरिएका सबैलाई एकै साथ हस्तान्तरण गरिएको छ । नेपालीभाषी भारतीय साहित्यकार दुर्गाप्रसाद श्रेष्ठलाई दुई लाख रुपैयाँ राशिसहितको पुरस्कार दिइएको छ ।

२०७६ र २०७७ का जनही एक लाख रुपैयाँ राशिका पुरस्कारमध्ये चिकित्सकहरू क्रमशः डा. गौरीशंकरलाल दास, डा. मणीन्द्ररञ्जन बराल, इन्जिनियर शंकरनाथ रिमाल, पूर्वउपप्रधानमन्त्री कमल थापा, अभिनेत्री मनीषा कोइराला र प्राध्यापक राजेन्द्र विमल, कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, नीर शाह, चूडामणि रेग्मी, सन्तोष शर्मालाई सम्मान गरिएको छ । यस्तै सोमप्रसाद खतिवडा, प्रा.डा.दीर्घराज घिमिरे, दीपक जंगम, गीता खत्री, हिरण्यलाल श्रेष्ठ र लक्ष्मीदेवी राजभण्डारीलाई पनि पुरस्कृत गरिएको छ । शशिकला तिवारी, जंगबहादुर शाह र वसन्तकुमार चौधरी, घनश्याम राजकर्णिकार, भवानी क्षत्री, राधिका दासी र युवराज अधिकारीलाई पनि पुरस्कृत गरिएको छ ।


प्रकाशित : आश्विन २४, २०७८ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?