कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

मैथिली साहित्यकार सभामा ११ स्रष्टा सम्मानित

कान्तिपुर संवाददाता

काठमाडौँ — जनकपुर – मैथिली साहित्यकार सभाको दसौं वार्षिकोत्सवको अवसरमा मैथिली भाषा, साहित्य, अनुस‍न्धान, नाटक आदि विधामा उल्लेखनीय योगदान दिने ११ स्रष्टालाई सम्मान गरिएको छ ।

मैथिली साहित्यकार सभामा ११ स्रष्टा सम्मानित

पूर्वाञ्चल विश्वविद्यालयका पूर्वउपकुलपति तथा भाषा वैज्ञानिक प्रा.डा.रामावतार यादवले उनीहरुलाई दोसल्ला तथा प्रशंसापत्रसहित सम्मान गरेका हुन् । सभाका अध्यक्ष प्रेम विदेह ललनले कोरोना महामारीको कारण गत वर्ष सम्मान समारोह आयोजन गर्न नसकिएकोले दुवै वर्षको सम्मान एकैपटक प्रदान गरिएको जानकारी दिए ।

वरिष्ठ साहित्यकार डा.रेवतीरमण लाललाई ज्योतिरीश्वर साहित्य सम्मान, चन्द्रकान्त झा चन्द्रलाई बदरी अनुवादसाहित्य सम्मान, आ नागेश्वर मण्डललाई पाथेय युवा साहित्य सम्मान, अनिलकुमार कर्णलाई मैथिली साहित्यकार सभा सम्मान, काशी कान्त झा तृषितलाई विद्यापति काव्य सम्मान, नित्यानन्द मिश्रलाई शेखर साहित्य सम्मान, विजेता चौधरीलाई गार्गी साहित्य सम्मान, विजयदत्त मणिलाई मञ्चीय शिखर कवि सम्मान लगायत सम्मान गरिएको थियो ।

प्रमुख अतिथि प्रा.डा.यादवसँगै साहित्यकार तथा राष्ट्रियसभाका पूर्वसांसद् वृषेशचन्द्र लाल, साहित्यकार रोशन जनकपुरी, जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रकाशचन्द्र साहलगायतले पनि स्रष्टाहरुलाई सम्मान गरेका थिए ।

यस अवसरमा पूर्वसांसद् वृषेशचन्द्र लालले मैथिली साहित्यकार सभाका अध्यक्ष प्रेम विदेह ललनलाई १ लाख १० हजारको चेक हस्तान्तरण गरेका थिए । लालका अनुसार उक्त रकम अक्षय कोषमा राखी वर्षेनी एक स्रष्टालाई पुरस्कृत गरिने छ ।

प्रकाशित : आश्विन २३, २०७८ १८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?