१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

आचार्यको ‘मेरो आदर्श, मेरो विश्वास’पुस्तक विमोचन 

रूपा गहतराज

नेपालगन्ज — राजनीतिशास्त्रका प्रा जनार्दन आचार्यको राजनीति, प्राध्यापन र कूटनीतिक अनुभव समेटिएको पुस्तक ‘मेरो आदर्श, मेरो विश्वास’ विमोचन भएको छ ।

आचार्यको ‘मेरो आदर्श, मेरो विश्वास’पुस्तक विमोचन 

मंगलबार नेपालगन्जमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेल र लेखक आचार्यले संयुक्त रूपमा विमोचन गरेका हुन् । क्रियटिभ बुक्सले प्रकाशन गरेको विमोचन कार्यक्रममा लेखक आचार्यले आफ्नो जीवनका भोगाई, अनुभूति सुनाएका थिए । आचार्यले पुस्तकमा पञ्चायतकालदेखि बहुदलीय प्रजातन्त्र हुँदै गणतान्त्रिक लोकतन्त्रसम्मको नेपाली राजनीतिका घटनाक्रमलाई विश्लेषण गरेका छन् ।

उनी स्वयंम् वामपन्थी राजनीतिमा आबद्ध रहेकाले पनि घटनाक्रमलाई नजिकबाट देखेका छन् ।

नेपाली राजनीतिको दुई धारका नायक बीपी कोइराला र पुष्पलाल श्रेष्ठसंगका संस्मरण, उनीहरुको आचरण र व्यवहारलाई प्राध्यापक आचार्यले पुस्तकमा उतारेका छन् । कार्यक्रममा महाससंघका अध्यक्ष पोखरेल लगायतले शुभकामना मन्तव्य दिए ।


प्रकाशित : आश्विन १९, २०७८ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?