कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

पौड्यालको ‘अपरिचित अनुहार’

काठमाडौँ — साहित्यकार तथा समालोचक महेश पौड्यालको कथासङ्ग्रह ‘अपरिचित अनुहार’ शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको पुस्तकालय कक्षमा लोकार्पण गरिएको छ ।

पौड्यालको ‘अपरिचित अनुहार’

पुस्तकमाथि समीक्षा गर्दै डा. अशोक थापाले पाठकले पढ्दै जाँदा सोचाइभन्दा फरक अन्त्य पाइने बताए । समीक्षक डा. रजनी ढकालले पौड्यालका अधिकांश कथा युवा पुस्ताकेन्द्रित रहेको बताइन् ।

यस्तै, मदन पुरस्कार विजेता साहित्यकार कृष्ण धरावासीले पनि कथासंग्रहमाथि आफ्नो धारणा राखेका थिए ।

शिखा बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य २ सय ७५ रुपैयाँ रहेको छ । पौड्यालको ‘त्यसपछि फुलेन गोदावरी’ कथासंग्रह लगायत कृति प्रकाशनमा आइसकेका छन् ।

प्रकाशित : आश्विन २, २०७८ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?