१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

‘सेप्टेम्बर १७’ उपन्यास विमोचित

काठमाडौँ — वरिष्ठ पत्रकार मल्ल के सुन्दरको नेपाल भाषामा नयाँ उपन्यास ‘सेप्टेम्बर १७’ विमोचन गरिएको छ । नेपाल भाषा एकेडेमीले प्रकाशित गरेको यस उपन्यासको जनकवि दुर्गालाले श्रेष्ठले विमोचन गरे ।

‘सेप्टेम्बर १७’ उपन्यास विमोचित

त्यस अवसरमा श्रेष्ठले उपन्यासमा मानवीय संवेदना र व्यथालाई सटिक ढंगले प्रस्तुत गरिएको बताए । यस्तै कार्यक्रममा लोकसाहित्यविद मदनसेन वज्राचार्यले उपन्यास अन्तर्राष्ट्रिय स्तरको भएको बताए ।

उपन्यासको समालोना गर्दै वज्राचार्यले उपन्यास अन्तर्राष्ट्रिय घटना र परिवेश समेटिएको बताउँदै यसका मूल पात्रले आफ्नो अस्तित्व र परिचय खोज्न गरेको संघर्ष मार्मिक रहेको बताए ।

मल्लको यो नेपाल भाषामा प्रकासित पाँचौं उपन्यास हो । यसअघि उनका प्रकाशित उपन्यास नसना, व लपुँ थ्व पला:, द पोस्टर र शंखधर साख्वा: रहेका छन् ।

प्रकाशित : आश्विन २, २०७८ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?