‘दिव्य ज्योतिष विज्ञान’ सार्वजनिक

काठमाडौँ — ज्योतिषी दिवाकर पन्तको ‘दिव्य ज्योतिष विज्ञान’ पुस्तक सार्वजनिक भएको छ ।

‘दिव्य ज्योतिष विज्ञान’ सार्वजनिक

रेडियो कान्तिपुरमा ज्योतिषीका रुपमा समेत कार्यरत पन्तको पुस्तकमा वैदिक ज्योतिषका आधारभूत विषयदेखि विस्तृत विषयसम्म समावेश गरिएको छ ।

पुस्तकमा नेपाल वैदिक ज्योतिष क्षेत्रमा आधुनिक पद्धतिअनुसार पहिलो पटक गरिएको अनुसन्धानसमेत समावेश गरिएको छ । जसबाट ज्योतिष क्षेत्रका विविध पाटाका बारेमा आधुनिक अनुसन्धान पद्धतिअनुसार तथ्यपूर्ण जानकारीहरू बुझ्ने प्रयास गरिएको लेखक पन्तले जानकारी दिए ।

पुस्तकमा धार्मिक–आध्यात्मिक तथा ज्योतिषीय विषयमा आधुनिक अनुसन्धानको पद्धतिअनुसार अध्ययन अनुसन्धान गरेर तथ्यांकीय मापदण्डमा विषय वस्तुहरुलाई प्रस्तुत गर्ने जमर्को पनि गरेको उनले बताए ।

३ सय ८० पृष्ठको यस पुस्तकमा वैदिक ज्योतिषको शास्त्रसम्मत ज्ञान, ग्रहका बारेमा जानकारी, मेडिकल एस्ट्रोलोजी, ज्योतिष र शिक्षा, ज्योतिष र पेशा, राशिबारे जानकारी, पञ्चाङ्ग, संवत्सर, कुण्डलीबारे विस्तृत जानकारी समावेश गरिएका छन् । यसका साथै विश्वका समय गणना पद्धति, समय गणनाबारे जानकारी, अक्षांश र देशान्तरसम्बन्धी जानकारी, मलमास, भयात तथा भभोगबारे जानकारी, नाम जुराउने तरिका लगायत समावेश गरिएको छ ।

प्रकाशित : भाद्र ३१, २०७८ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?