१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

‘राणाकालीन शिक्षा’ पुस्तक सार्वजनिक

काठमाडौँ — पत्रकार प्रकृति अधिकारीको ‘राणाकालीन शिक्षा’ पुस्तक सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय शिक्षा दिवसका अवसरमा शिक्षा मन्त्रालयको सचिव रामप्रसाद थपलिया, सहसचिव दीपक शर्मा र शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले बुधबार संयुक्त रूपमा सार्वजनिक गरेका हुन् । 

‘राणाकालीन शिक्षा’ पुस्तक सार्वजनिक

नेपाल १ सय ४ वर्षको जहानियाँ राणा शासन कालमा भएका शिक्षाको विकासक्रमलाई खोजमूलक तथा ऐतिहासिक शैक्षिक लिखत, दस्तावेज समेटिएका छन् । पुस्तकमा हालसम्म बाहिर नआएका तथ्य अगाडि ल्याइएका छन् । यसबाट नेपालको शैक्षिक इतिहासमा नयाँ तथ्य उजागर हुने लेखक अधिकारीका दाबी छ । लेखक अधिकारीको यसअघि ‘एसएलसीको इतिहास’ कृति प्रकाशित छ ।

पुस्तक एडुसञ्जालले प्रकाशन गरेको हो । पुस्तकमा समेटिएका सामग्री १५ अध्यायमा विभाजित छन् । पुस्तकमा दरबार हाई स्कुलका शिक्षक र तिनका खान्की, भाषा पाठशाला स्थापनाभएका स्थान र नियुक्त शिक्षकहरूको फेहरिस्त, एसएलसी बोर्डका पहिलो परीक्षा नियन्त्रकको नियुक्ति, एसएलसी परीक्षामा सम्मिलित हुन आवेदन फाराम भरेकी पहिलो छात्रा, पाठ्यपुस्तकसम्बन्धी गरिएको व्यवस्था, चन्द्रशमशेरको निधनपछि उनको दराजबाट झिकिएको लिखतलगायत समेटिएका छन् ।

प्रकाशित : भाद्र २३, २०७८ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?