१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अलका आत्रेय चूडालको ‘निनाद वल्लरी’ सार्वजनिक

काठमाडौँ — साहित्यकार अलका आत्रेय चूडालको खण्डकाव्य ‘निनाद वल्लरी’ सार्वजनिक भएको छ । खण्डकाव्यमा पिता–पुत्रीको वात्सल्य र वियोगलाई छन्दमार्फत् अभिव्यक्त गरिएको छ । छोरीलाई अर्कै गोत्र मानेर पिताको शोकमा सरिक हुन बन्देज लगाउने कर्मकाण्डीय रीतिमाथि पनि खण्डकाव्यले व्यंग्य गरेको  छ । 

अलका आत्रेय चूडालको ‘निनाद वल्लरी’ सार्वजनिक

‘लाटो साथी’ उपनामले प्रसिद्ध साहित्यकार विष्णुराज आत्रेयकी छोरी अलकाले पिताको प्रथम वार्षिकीको अवसर पारेर निकालेको यो पुस्तक शोककाव्य पनि हो । नेपालयले ‘नेपालय कविता’ अन्तरगत प्रकाशित गरेको यो पुस्तक नौवटा विभिन्न छन्दमा विरचित करुण रसका कविताहरुको संग्रह पनि हो ।

दक्षिण एसियाको बौद्धिक इतिहास र राहुल सांकृत्यायन विषयमा विद्यावारिधि गरेकी चूडाल हाल भियना विश्वविद्यालय अस्ट्रियामा प्राध्यापन गर्छिन् । कथा, कविता, संस्मरण, समालोचना, निबन्ध, अनुवाद आदि विधामा लामो समयदेखि कलम चलाउँदै आएकी चूडालको यो दोस्रो पुस्तकाकार काव्य हो ।

‘बुवाको साहित्यप्रतिको स्नेह जीवनपर्यन्त रहयो,’ पुस्तक सार्वजनिक गर्दै चूडालले भनिन्,‘हाम्रा कतिपय धार्मिक विधानहरूमा विवाहिता छोरीलाई पितृकार्यमा अर्कै गोत्रकी भनेर सरिक हुन वर्जना गरिएको रहेछ । शोकमा व्याकुल भएको बेला मलाई ती विधानहरू अप्रिय लागेका थिए । धेरै सोचे पछि मलाई लागेको थियो मेरा साहित्यानुरागी पितालाई आफ्नो श्रद्धाञ्जली चढाउन कविताभन्दा उपयुक्त अर्थोक के होला ।’

प्रकाशित : भाद्र २१, २०७८ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?