कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

रेग्मीलाई बीपी साहित्य सम्मान

काठमाडौँ — यसवर्षको बीपी साहित्य सम्मान पुरस्कार कवि मदन रेग्मीलाई प्रदान गरिने भएको छ । जननायक बीपी कोइराला स्मृति ट्रष्टले प्रत्येक वर्ष प्रदान गर्दै आएको पुरस्कार यो वर्ष रेग्मीलाई प्रदान गर्ने निर्णय गरेको हो । 

पाँच दशकभन्दा पहिलेदेखि नेपाली साहित्य क्षेत्रमा क्रियाशील रेग्मीका कविता संग्रहहरु र अन्य विभिन्न विधाका कृतिहरु प्रकाशित छन् । रेग्मीको योगदानको उच्च कदर गर्दै उनलाई बीपी साहित्य सम्मान प्रदान गर्ने निर्णय गरिएको ट्रष्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले जानकारी दिए । पुरस्कारको राशी एक लाख एक हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, ट्रष्टले यसवर्षको बीपी सेनानी पुरस्कार भक्तपुरका प्रजातन्त्र सेनानी तिलक प्रकाश कायस्थलाई प्रदान गर्ने निर्णय गरेको छ । कायस्थ लामो समयसम्म जेल र निर्वासन जीवन बिताएका लोकतान्त्रिक योद्धा हुन् । यो पुरस्कारको राशी ५१ हजार रुपैयाँ रहेको छ ।

दुवै पुरस्कार बीपी जयन्तीका दिन अर्थात् २४ भदौमा विशेष समारोहकाबीच प्रदान गरिने ट्रष्टले जनाएको छ । बीपी साहित्य सम्मान र सेनानी पुरस्कारबाट यसअघि ०७७ मा ज्ञानमणि नेपाल र होमनाथ दाहाल, ०७६ मा तिलविक्रम नेम्वाङ र मधुकान्त सिंह, ०७५ मा रोचक घिमिरे र स्व.चक्रप्रसाद बाँस्तोला, ०७४ मा प्रा.अभि सुवेदी र तीर्थराज चैंतु तथा ०७३ सालमा भुवन ढुंगाना र स्व.श्यामलाल श्रेष्ठलाई प्रदान गरिएको थियो ।

प्रकाशित : भाद्र १९, २०७८ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?