कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

‘नेपालको लोकचित्रकलाको इतिहास र वर्तमान अवस्था’ सार्वजनिक

काठमाडौँ — राजेन्द्र विमलद्वारा लिखित ‘नेपालको लोकचित्रकलाको इतिहास र वर्तमान अवस्था’ पुस्तक सार्वजनिक भएको छ ।

‘नेपालको लोकचित्रकलाको इतिहास र वर्तमान अवस्था’ सार्वजनिक

बुधबार राजधानीको नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा लोककला विभागले आयोजना गरेको कार्यक्रममा विभागका प्रमुख मिथिला देवी यादव, परम्परागत कला विभागका बुद्धिबहादुर गुरुङ, चित्रकला विभागका प्रमुख शुषमा राजभण्डारी, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख रमेश खनाल, उपकुलपति गोपाल चित्रकार लगायतको उपस्थितिमा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले पुस्तकको विमोचन गरे ।

प्रतिष्ठानको लोककला विभागद्वारा प्रकाशित पुस्तकमा लोककलाको इतिहास, यसको परम्परागत मूल्य, संस्कृति, समाजको सम्बन्ध र हालको लोपोन्मुख अवस्थालाई प्रकाश पार्न खोजिएको लोककला विभागका प्रमुख यादवले बताइन् । ‘हाम्रो लोककलाको इतिहासलाई पुस्तकमा ल्याउन सक्नु खुसीको कुरा हो’, उनले भनिन्, ‘नेपालमा भएका सबै लोककलाहरुलाई सम्भव भएसम्म अध्ययन अनुसन्धान गरी पुस्तकका समेट्ने कोसिस गरिएको छ ।’ हामी जन्मेदेखि मृत्युसम्मका हरेक क्रियाकलाप, आसन, चाडपर्वहरु लोक चित्रकलासँग सम्बन्धित रहेको सुनाउँदै कर्माचार्यले यी सबै पुस्तकका रुपमा दस्तावेज हुनु अत्यन्तै सह्रानीय काम भएको बताए । लोककला मात्र नभएर हाम्रा वास्तुविक स्रोतलाई खोजी गर्दै देश तथा विषयवस्तुलाई प्रतिनिधित्व गर्ने पुस्तकहरु प्रकाशनमा जोड दिनुपर्ने उनले धारणा राखे ।

प्रकाशित : भाद्र १७, २०७८ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?