२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

नेपाली भाषाका उत्कृष्ट कृति उर्दूमा अनूवाद गरिने

काठमाडौँ — इस्लामाबादस्थित प्राज्ञिक–लेखकको निकाय पाकिस्तान एकेडेमी अफ लेटर्स(पीएएल)ले बहुआयामिक अर्थ र महत्त्वका नेपाली कृतिलाई उर्दू भाषामा अनूवाद गर्ने भएको छ । 

नेपाली भाषाका उत्कृष्ट कृति उर्दूमा अनूवाद गरिने

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारी र पीपीएल अध्यक्ष प्रा. डा. युसुफ खुस्कबीच सोमबार भएको भेटवार्तामा द्विदेशीय जनस्तरको सम्बन्ध विस्तारमा पनि साहित्यिक अनूवाद तथा कृतिगत आदानप्रदान गरिने सहमति बनेको हो ।

सन् १९७६ मा स्थापित पाकिस्तान सरकारको राष्ट्रिय प्राज्ञिक निकाय पीपीएलले पहिलो चरणमा नेपाली उत्कृष्ट कथालाई उर्दूमा अनुवाद गर्ने योजना बनाएको छ । भेटघाटका अवसरमा राजदूत अधिकारीले अध्यक्ष खुस्कलाई सरदार रुद्रराज पाण्डद्वारा लिखित ‘रुपमति’को उर्दूमा अनूदित कृति हस्तान्तरण गरेका थिए । पाकिस्तानी प्राध्यापक डा. ताहिरा निगत निरले उर्दूमा अनूवाद गरेको ‘रुपमति’ हिन्दी र अंग्रेजीमा समेत अनूदित छ । ‘रुपमति’ माथि टेलिफिल्मसमेत बनेको छ ।

‘हामी पनि उत्साहित छौं, हाम्रा उर्दू भाषाका कृतिलाई नेपालीमा लैजान र जनस्तरमा पुर्‍याउन आपसी सहकार्य गर्नमा तत्पर छौं,’ पीपीएल अध्यक्ष खुस्कले भेटघाट क्रममा भने । आफैंमा उर्दू भाषाका ज्ञाता राजदूत अधिकारी स्वयं अहिले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ कृति उर्दूमा अनुवाद गर्न लागिपरेका छन् । उनले अबको एक वर्षमा ‘मुनामदन’ उर्दूमा ल्याउने प्रयत्नमा काम भइरहेको बताए ।

प्रकाशित : भाद्र १६, २०७८ २१:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?