१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

मदन पुरस्कार विजेता पौडेलले ल्याइन् ‘रोल नम्बर एक’

काठमाडौँ —  मदन पुरस्कार विजेता राधा पौडेलको बाल्यकालीन संस्मरण ‘रोल नम्बर एक’ प्रकाशित भएको छ । मर्यादित महिनावारीकी सामाजिक अभियन्ता समेत रहेकी पौडेलको ‘रोल नम्बर एक’ समाजमा व्याप्त अन्धविश्वासको भूमरीभित्र एउटी बालिकाले किशोरी बन्दासम्म खेपेका पीडाको संस्मरण छ ।

मदन पुरस्कार विजेता पौडेलले ल्याइन् ‘रोल नम्बर एक’

बाल्यकालमा अब्बल बन्ने र छोरीहरुलाई हेर्ने हेयात्मक दृष्टि बदल्ने लेखकको सपनाले सृजना गरेका परिदृश्य नै यस पुस्तकमा समेटिएको छ । पौडेलको यसअघि ’खलङ्गामा हमला’ पुस्तक प्रकाशित भएको थियो । उक्त पुस्तकले मदन पुरस्कार पनि प्राप्त गरेको थियो । मर्यादित र सुरक्षित महिनावारीका विषयमा उनका तीन पुस्तक प्रकाशित भइसकेका छन् ।

प्रकाशित : भाद्र १६, २०७८ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?