कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

'मदन पुरस्कार–२०७७'को श्रेष्ठ सूची सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — मदन पुरस्कार गुठीले 'मदन पुरस्कार–२०७७' का लागि ९ पुस्तकहरु छनोट गरेको छ । गुठीलाई प्राप्त २२२ पुस्तकहरूमध्ये ९ वटा पुस्तकलाई श्रेष्ठ सूचीमा समेटिएको हो ।

'मदन पुरस्कार–२०७७'को श्रेष्ठ सूची सार्वजनिक

यी पुस्तकहरू मध्येबाट बढीमा १० पुस्तकहरूको श्रेष्ठ सूची तयार गर्न गठन भएको समितिले गुठीलाई ९ पुस्तकको नाम उपलब्ध गराएको थियो । अप्रकाशित सामग्रीहरूको बाहुल्य रहेका पुस्तकलाई छनोटको आधार बनाइएको गुठीले जनाएको छ ।

यी पुस्तकहरूमध्ये एक पुस्तकलाई सर्वश्रेष्ठ पुस्तकका रूपमा वर्ष २०७७ को मदन पुरस्कार दिइने छ ।

श्रेष्ठ सूचीमा परेका ९ पुस्तक :

- एकलव्यको देब्रे हात

‍- करिया

- कल्प-ग्रन्थ

- नृत्याक्षर विज्ञान

- फिलिङ्गो

- फुलाङ्गे

- मोक्षभूमि

- रमिते

- लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०)

प्रकाशित : श्रावण १५, २०७८ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?