कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सापकोटाका दुई बाल कृति सार्वजनिक

क्रान्ति पाण्डे

काठमाडौँ — कवि एवं बाल साहित्य सर्जक शान्ति सापकोटाका दुई बाल कृति सार्वजनिक भएका छन् । बाल वाङ्मय तथा अनुसन्धान केन्द्रको आयोजनामा भर्चुअल कार्यक्रममार्फत शुक्रबार बाल कथा सङ्ग्रह 'सिमसारको शङ्खे' र बाल कविता सङ्ग्रह 'धरतीकी रानी' विमोचन भएका हुन् ।

सापकोटाका दुई बाल कृति सार्वजनिक

कवि रमेशचन्द्र घिमिरेले 'धरतीकी रानी'माथि समीक्षा गर्दै प्रकृति, पारिवारिक परिवेश, ऋतु एवं बालबालिकाका आनीबानीलाई लयात्मक रूपमा प्रस्तुत गरिएको बताए । १८ कविता समेटिएको संग्रहमा रवीन्द्र मानन्धरका चित्रहरू समावेश छन् । ४० पृष्ठको किताबको मूल्य २५० रुपैयाँ तोकिएको छ।

यस्तै, 'सिमसारको शङ्खे'मा पर्यावरणलाई प्राथमिकतामा राखी जीवजन्तु र पक्षीका कथाहरू समेटिएको बाल साहित्य सर्जक नेत्र तामाङले टिप्पणी गरेका थिए । जीवजन्तुबाहेक एक कथामा मानवीय संवेदना प्रस्तुत गरिएको उनले बताए । ५ वटा कथा रहेको संग्रहमा कीर्तिकिशोर जोशीका चित्रहरू समावेश छन् । ३२ पृष्ठको किताबको मूल्य १५० रुपैयाँ तोकिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि कवि रमेश खकुरेलले सापकोटाको लेखनबारे चर्चा गरेका थिए ।

दुवै पुस्तकलाई विवेक सिर्जनशील प्रकाशनले बजारमा ल्याएको छ ।

प्रकाशित : श्रावण १५, २०७८ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?