कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

'रसैरस रसिली' र 'स्वयम्भूका आँखाहरु' सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — बाल साहित्य सर्जक प्रमोद प्रधान र विजयराज आचार्यका नयाँ बाल पुस्तक सार्वजनिक भएका छन् । बाल वाङ्मय तथा अनुसन्धान केन्द्रद्वारा बिहीबार साँझ आयोजित भर्जुअल कार्यक्रममार्फत प्रधानको बाल कविता संग्रह 'रसैरस रसिली' र आचार्यको बाल कथा संग्रह 'स्वयम्भूका आँखाहरु' विमोचन गरिएको हो ।

'रसैरस रसिली' र 'स्वयम्भूका आँखाहरु' सार्वजनिक

दुवै पुस्तकको विमोचन ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले गरेका थिए ।

'रसैरस रसिली' माथि टिप्पणी गर्दै कवि रमेशचन्द्र घिमिरेले प्रधानका कविताहरू बालसुलभ भएको र कविताहरूमा देशप्रेम, प्रकृति र बाल मनलाई समेटिएको बताए । उक्त पुस्तकमा १० वटा कविता समेटिएका छन् । पुस्तकमा रवीन्द्र मानन्धरका चित्रहरू सजिएका छन् ।

यस्तै आचार्यको 'स्वयम्भूका आँखाहरु' माथि बालसाहित्य सर्जक शाश्वत पराजुलीले समीक्षा गरेका थिए । पुस्तकमा मिथकलाई खोजमूलक एवम् आधुनिक कथाका रूपमा लेखिएको उनले बताए । किताबमा ९ वटा बाल कथा समावेश छन् । पुस्तकमा युवक श्रेष्ठका चित्रहरू समेटिएका छन् ।

'रसैरस रसिली'लाई विवेक सिर्जनशील प्रकाशनले बजारमा ल्याएको हो भने 'स्वयम्भूका आँखाहरू'लाई विवेक सिर्जनशील प्रकाशन र रिभिजिट स्वयम्भूले संयुक्त रूपमा छापेको हो ।

प्रकाशित : श्रावण १४, २०७८ २१:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?