बाल वाङ्मयको अध्यक्षमा पुनः प्रधान

क्रान्ति पाण्डे

काठमाडौँ — बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्षमा प्रमोद प्रधान पुनः चयन भएका छन् ।

बाल वाङ्मयको अध्यक्षमा पुनः प्रधान

गत शनिबार भर्चुअल माध्यमबाट सम्पन्न विशेष साधारण सभाबाट उनी अध्यक्षमा पुनः चयन भएको निर्वाचन समितिका संयोजक प्रा. रामकुमार पाँडेले जानकारी दिए ।

केन्द्रका उपाध्यक्षमा विजयराज आचार्य, महासचिवमा अनन्त वाग्ले, सचिवमा मञ्जु ज्ञवाली, कोषाध्यक्षमा शान्ति सापकोटा र सदस्यहरुमा तारानिधि भट्टराई, रवीन्द्र मानन्धर, केदार श्रेष्ठ र नेत्र तामाङ चयन भएका छन् ।

बाल वाङ्मयले बालबालिकाका लागि कथा लेखन लगायतका कार्याशाला गर्दै आएको महासचिव वाग्लेले जानकारी दिए ।

प्रकाशित : श्रावण १२, २०७८ १४:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?