सिग्देलको ‘बहत्तर वसन्त’ बजारमा

काठमाडौँ — साहित्यकार भुवनहरि सिग्देलको कविता कृति ‘बहत्तर वसन्त’ बजारमा आएको छ ।

सिग्देलको ‘बहत्तर वसन्त’ बजारमा

भानु जयन्तीको अवसरमा साहित्यकार नारायण ढकाल, विश्लेषक शंकर तिवारी, गजलकार बाबु त्रिपाठी, आख्यानकार शैलेन्द्र अधिकारी, तर्कना शर्मा र रंगकर्मी/डिजाइनर प्रकेश सिन्धुलीयले पुस्तक सार्वजनिक गरेका थिए ।

गद्य र पद्य दुवै विधामा समानरूपले कलम चलाउने सिग्देलको बहत्तर वसन्त छत्तिसौं कृति हो । छन्द कवितामा सिग्देल सिद्धहस्त रहेकाले बहत्तर वसन्त पुस्तक छन्द कविताप्रेमी, छन्द कविता सिकारु र छन्द साधकलाई अत्यन्तै उपयोगी रहने प्रकाशक पुष्पराज पौडेलले बताए ।

शिखा बुक्सले प्रकाशन गरेको पुस्तकमा जम्मा ७२ वटा छन्द कविता समावेश छन् । पुस्तकको मूल्य २०१ रुपैयाँ तोकिएको छ ।

प्रकाशित : श्रावण ५, २०७८ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?