३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

राष्ट्रिय कविता महोत्सवमा भोजपुरकी कविता राई प्रथम

काठमाडौँ — राष्ट्रिय कविता महोत्सवमा भोजपुरकी कविता राई प्रथम भएकी छन् । 

राष्ट्रिय कविता महोत्सवमा भोजपुरकी कविता राई प्रथम

नेपाल प्रज्ञा–प्रतिष्ठानको ६४औं वार्षिकोत्सवका अवसरमा बुधबार भर्चुअल माध्यमबाट आयोजित कविता प्रतियोगितामा राईको ‘देशको नक्सा’ शीर्षकको रचना प्रथम भएको हो । त्यसैगरी धादिङकी अमृता स्मृति (डढेलापछि पनि बसन्त आउँछ) द्वितीय भएकी छन् । तृतीय स्थानमा तीनजना कविका कविता छानिएका छन् । जसमा ताप्लेजुङकी सबिता बरालको ‘आमा म आएँ अब’, बर्दियाकी निरन्जनकुमारी चन्दको ‘युगीन प्रतिध्वनि’ र नुवाकोटका प्रकाश सिलवालको ‘बोधीसत्वको खोप’ शीर्षक कविता रहेका छन् ।

प्रथम हुने कविताले स्वर्ण पदकसहित नगद ५० हजार, दोस्रोलाई ४० हजार, तेस्रो हुने हरेक स्रष्टालाई ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेतीले कार्यक्रमको उद्घाटन गर्दै प्रतिष्ठानको ६४ औं वार्षिकोत्सव तथा कविता महोत्सवको दिन नेपालको वाङ्मय क्षेत्रको विशिष्ट दिन भएको बताए ।

प्रतिष्ठानका अनुसार विभिन्न माध्यमबाट पहिलो चरणमा ७६४ वटा कविता प्राप्त भएका थिए । ती कवितामध्ये दोस्रो चरणको वाचनका लागि ४१ वटा कविता छनोट गरिएको थियो । पहिलो चरण र दोस्रो चरणको अकं जोडर नै विजेता घोषणा गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले छनोट गरिएको कवितामध्ये विदेशबाट आठ जना र ३३ जना नेपालबाट भर्चुअल रुपमा सहभागी भएर कविता प्रस्तुत गरेका थिए ।

त्यस्तै प्रतिष्ठानले वार्षिकोत्सवका अवसरमा १५ जना कर्मचारीलाई जनही ३० हजार रुपैयाँसहित दीर्घसेवा पदकबाट सम्मानित गरेको छ । सम्मानित हुनेमा राजेन्द्रकुमार शाही ठकुरी, उत्तमराज उपाध्याय, राजकुमार श्रेष्ठ, शिवकुमार चापागाईं, विजयमानसिंह प्रधान, कर्णबहादुर कुमाल, बुद्धि तिमिल्सिना, राधा कार्की, पूर्णबहादुर श्रेष्ठ, रामकुमार बोहोरा, नानु सुवेदी, भगवती लामिछाने, मैयाँ महर्जन, नारायणप्रसाद अधिकारी र जमुना कुचीकार छन् ।

प्रकाशित : असार ९, २०७८ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?