१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

संसद् विघटनको विरोधमा कैलालीमा राँके जुलुस निकालियो

धनगढी — प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको कदमविरुद्ध नेपाली कांग्रेस सम्बद्ध तरुण दल कैलालीले राँके जुलुस निकालेको छ । 

संसद् विघटनको विरोधमा कैलालीमा राँके जुलुस निकालियो

सुदूरपश्चिम प्रदेश राजधानी धनगढीको मुख्य बजार एलएन चोकमा तरुण दलले मंगलबार साँझ राँको बालेर विरोध प्रदर्शन गरेको हो ।

लकडाउनका बीचमा जम्मा भएका युवा समूहले माक्स र दुरी कायम राख्दै बेलुका ७ बजे राको बालेको जिल्ला अध्यक्ष दिपेन्द्र बमले बताए । प्रहरी छलेर प्रदर्शन गरेको प्रदर्शनमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी नागरिता अध्यादेश विरुद्ध पनि नारा लगाइएको थियो ।

प्रहरी प्रशासनले मंगलबारदेखि लकडाउनलाई कडा पारेको छ । प्रदर्शन गरेको केही मिनटमै प्रहरीले हस्तक्षेप गरेको थियो

प्रकाशित : जेष्ठ ११, २०७८ २१:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?