कथासंग्रह ‘न्यूरोडका झाँकी’ सार्वजनिक

काठमाडौँ — साहित्यकार तुलसीहरि कोइरालाको ‘न्यूरोडका झााकी’ कथासंग्रह सार्वजनिक भएको छ । 

कथासंग्रह ‘न्यूरोडका झाँकी’ सार्वजनिक

वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले बिहीबार उक्त कृति सार्वजनिक गरेका हुन् । लघुकथा समाज नेपाल र शिखा बुक्सद्वारा पाटनस्थित जोशीकै निवासमा आयोजना गरेको कार्यक्रममा सार्वजनिक गरिएको हो ।

संस्कृतिविद् जोशीले नेपाली कथा साहित्यको ढिलोगरी विकास भएको भए पनि पछिल्लो चरणमा कथाका क्षेत्रमा उल्लेख्य उन्नति भएकाले अंग्रेजी भाषामा अनुवाद गरेर विश्व बजारमा पुर्‍याउन आवश्यक भएको बताए । संग्रहमा विभिन्न १९ वटा शीर्षकका कथा छन् । ती कथा र स्रष्टाका बारेमा प्राध्यापक कुमारप्रसाद कोइराला, समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, मणि लोहनी र सानुभाइ पण्डितले बोलेका थिए । त्यस अवसरमा लघु कथाकार ध्रुव मधिकर्मीलाई १५ हजार रुपैयाँ राशिको ‘बाटुली–खिलध्वज लघुकथा सम्मान’ प्रदान गरिएको थियो ।

प्रकाशित : वैशाख १०, २०७८ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?