१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कीर्तिमानी गीतकार उपाध्यायलाई प्रमाणपत्र

काठमाडौँ — संगीतका माध्यमबाट गिनिज बुक अप वर्ल्ड्स रेकर्डमा नाम लेखाएका गीतकार धर्मराज उपाध्यायले गीतसंगीतसम्बन्धी थप १९ विधामा नयाँ रेकर्ड बनाएका छन् ।

कीर्तिमानी गीतकार उपाध्यायलाई प्रमाणपत्र

उपाध्यायले अमेरिकन बुक अफ वर्ल्ड रेकर्ड, युरोपियन बुक अफ रेकर्ड, द ब्रिटिस वर्ल्ड रेकर्ड, एसियन वर्ल्ड रेकर्ड, युनिभर्सल रेकर्ड फोरम, आसाम वर्ल्ड रेकर्ड, बागाल वर्ल्ड रेकर्ड, सुप्रिम वर्ल्ड रेकर्ड, ओएमजी वर्ल्ड रेकर्ड, एभरेस्ट वर्ल्ड रेकर्ड, च्याम्पियन वर्ल्ड रेकर्ड, ओएमजी वर्ल्ड रेकर्ड, दुवई वर्ल्ड ट्यालेन्ट बुकमा १९ फरक विधामा कीर्तिमान बनाएका हुन् ।

यसका लागि उनले विभिन्न फरक–फरक शैलीका गीत–संगीत तयार गरेका छन्। उपाध्यायले १५० भन्दा बढी देशको पर्यटनस्थलको नाममा गीत तयार गरेर, सबैभन्दा छोटो १८ अक्षरको गीतसंगीत तयार गरेर, एकै दिनमा चार वटा गीत लेखी रेकर्ड गरेर रिलिज गरेर, १७५ देशका मुद्राहरुको नाममा गीत–संगीत तयार गरेर, कदेखि ज्ञसम्मका प्रत्येक वर्णको गीत लेखी पुस्तक ल्याएका छन् । यस्तै, ५५ वटा फरक–फरक फूलको नाममा गीत लेखी रेकर्ड गराएर, सबैभन्दा धेरै पटक आमा तथा धेरै पटक बुबा शब्द प्रयोग गरी गीत रेकर्ड गराएर, विश्वका १६४ प्रजातिका चराको नाम समेटेर गीत रेकर्ड गराएका छन् ।

उनले आफ्ना गीतहरू चिया पिउने सबैभन्दा बढी कपमा छापेर, सबैभन्दा बढी पोस्टकार्डमा छापेर, सकरात्मक सोचमा फाइदासम्बन्धी गीत तयार गरेर, ६० वर्ष नाघेका ११ जना गायक गायिकाको स्वरमा एकैपटक गीत रेकर्ड गराएका छन् ।

सोमबार राजधानीमा एक समारोहबीच पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले उपाध्यायलाई यी सबै वर्ल्ड रेकर्डको प्रमाणपत्र प्रदान गरे । कार्यक्रममा उपाध्यायको विश्व कीर्तिमानी गीति पुस्तक चोट, प्रेयसी तथा गीतिसंग्रह सपनाको महल, धड्कन, धर्ती र जीवन, प्रनिभाको पनि पूर्वप्रधानमन्त्री चन्दले लोकार्पण गरेका थिए ।

प्रकाशित : वैशाख ७, २०७८ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?