कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

कफीखेती प्रवर्द्धन गरेबापत श्रेष्ठ र घिमिरे पुरस्कृत हुने

अर्जुन राजवंशी

बिर्तामोड — काठमाडौंका प्रचण्डमान श्रेष्ठ र पाल्पाका ढकेश्वर घिमिरे यस वर्षको ‘रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार’ बाट पुरस्कृत हुने भएका छन् । 

कफीखेती प्रवर्द्धन गरेबापत श्रेष्ठ र घिमिरे पुरस्कृत हुने

झापाको भद्रपुरस्थित रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानले नेपालमा कफीको उत्पादन, प्रशोधन, प्रवर्द्धन र बजार विस्तार गरेको भन्दै श्रेष्ठ र घिमिरेलाई संयुक्त रुपमा नगद एक लाख एक हजार एक सय एघार रुपैयाँ राशिसहितको राष्ट्रिय कृषि पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरेको हो ।

प्रतिष्ठानले यस वर्षको ‘गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार’ बाट बन्दी सहायता नेपालकी अध्यक्ष इन्दिरा रानालाई पुरस्कृत गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले जानकारी दिए । उक्त पुरस्कारको राशि पनि नगद एक लाख एक हजार एक सय एघार रुपैयाँ छ । प्रतिष्ठानले ‘अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार’ दाङ घोराहीका पत्रकार दधिराम सुवेदीलाई प्रदान गर्ने जनाएको छ । पुरस्कारको राशिसमेत नगद एक लाख एक हजार एक सय एघार रुपैयाँ रहेको छ ।

प्रतिष्ठानले यस वर्षको ‘देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार’ का लागि मोरङ बुढीगंगास्थित रक्षा किशोरी समूहलाई छनोट गरेको छ । पुरस्कार राशि नगद ५१ हजार एक सय एघार रुपैयाँ रहेको छ ।

प्रतिष्ठानले १३ औं सागमा जुडोतर्फ स्वर्ण पदक विजेता झापाकी देविका खड्कालाई नगद २५ हजार एक सय एघार रुपैयाँसहित सम्मान प्रदान गर्ने निर्णय भएको अध्यक्ष ओलीले बताए । उनीहरुलाई वैशाख १४ गते एक कार्यक्रमबीच पुरस्कृत गरिने छ ।

कार्यक्रममा प्रतिष्ठानले निर्णय गरेको तर, कोभिड–१९ का कारण गत वर्ष वितरण गर्न नसकिएका पुरस्कारहरु समेत प्रदान गरिने अध्यक्ष ओलीले जानकारी दिए ।

प्रकाशित : वैशाख ४, २०७८ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?