नेपाल प्रज्ञा प्रतिष्ठानले वैशाखबाट ‘स्रष्टा परिचय पत्र’ दिने घोषणा गरेको छ । प्रतिष्ठानले मंगलबार आयोजना गरेको ‘नयाँ वर्ष २०७८ को सांस्कृतिक महत्त्व विषयक प्रवचन तथा स्रष्टा भेटघाट’ समारोहमा घोषणा गरेको हो ।
२०७६ सालको उत्तम शान्ति पुरस्कार सरिता अर्यालको ‘मेरो अपहरण’ लाई दिइने भएको छ । कोरोना महामारीका कारण गत वर्ष रोकिएको पुरस्कार यस वर्ष अर्यालको नियात्रा संग्रहलाई दिइने उत्तम कु“वर स्मारक पुरस्कार गुठीका सदस्य सचिव ठाकुर पराजुलीले बताए ।
रवीन्द्र मिश्रको 'राजनीतिसँगै राजकाज' पुस्तक सार्वजनिक भएको छ । विवेकशील साझा पार्टीका अध्यक्ष रहेका मिश्रको पुस्तक शनिबार पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णीम वाग्लेले विमोचन गरेका हुन् ।
नेपाल–रुस साहित्य तथा संस्कृतिका सेतु कृष्णप्रकाश श्रेष्ठले विश्रान्ति लिएको पाँचौँ दिनमा उनको कर्मभूमि रुसको राजधानी मस्कोको दक्षिण पश्चिममा रहेको खाभान्सकी शवदाहन केन्द्रसमेत स्तब्ध थियो । के भयो यस्तो ?
साहित्यकार एवं पत्रकार नगेन्द्रराज शर्मालाई अभिनन्दन गरिएको छ । शर्मा ५१ वर्षदेखि प्रकाशित ‘अभिव्यक्ति’ साहित्यिक द्वैमासिकका संस्थापक प्रधान सम्पादक हुन् । वि.सं.१९९४ चैत २२ गते रामेछापमा जन्मिएका शर्मालाई ८४औं जन्मोत्सवका अवसरमा विभिन्न साहित्यिक संस्थाले आइतबार राजधानीमा अभिनन्दन गरेका हुन् ।
कवि, लेखक तथा पत्रकार हरि अधिकारीद्वारा लिखित ‘संकलित गद्यरचना’को शनिबार राजधानीमा लोर्कापण गरियो । वरिष्ठ साहित्यकार धुव्र सापकोटाले कृतिको विमोचन गर्दै नेपाली गद्य साहित्यका लागि अधिकारीको कृति महत्वपूर्ण दस्तावेज भएको टिप्पणी गरे ।
बालचित्रकार आश्रिती श्रेष्ठ र समिर कोजूको बालचित्र किताब सार्वजनिक भएको छ । आश्रितीका चित्र र समिर कोजूको कथामा तयार भएको किताब ‘करण र कार्टुन’को शनिबार नेपाल कला परिषद्मा आयोजित एक कार्यक्रममा विमोचन गरिएको हो ।