२०७६ सालको उत्तम शान्ति पुरस्कार सरिता अर्यालको ‘मेरो अपहरण’ लाई- साहित्य/विविध - कान्तिपुर समाचार

२०७६ सालको उत्तम शान्ति पुरस्कार सरिता अर्यालको ‘मेरो अपहरण’ लाई

कान्तिपुर संवाददाता

काठमाडौँ — २०७६ सालको उत्तम शान्ति पुरस्कार सरिता अर्यालको ‘मेरो अपहरण’ लाई दिइने भएको छ । कोरोना महामारीका कारण गत वर्ष रोकिएको पुरस्कार यस वर्ष अर्यालको नियात्रा संग्रहलाई दिइने उत्तम कु“वर स्मारक पुरस्कार गुठीका सदस्य सचिव ठाकुर पराजुलीले बताए । 

गुठीले २०४४ सालदेखि गैरआख्यान गद्य विधामा रचना गरिएका उत्कृष्ट नेपाली कृतिहरूलाई उत्तमशान्ति पुरस्कारद्वारा सम्मानित गर्दै आएको छ । २०७७ सालको पुरस्कार भने घोषणा हुन बाँकी नै छ । यसअघि २०७५ सालको पुरस्कार इल्या भट्टराईको कृति ‘दक्षिणायन’ लाई दिइएको थियो ।

अर्यालले नियात्रा निबन्धमार्फत मानवीय अनुभूतिलाई चुस्त शैलीमा पस्किएको गुठीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । ‘नियात्रा निबन्धका फाँटमा रागात्मक मानवीय अनुभूतिलाई चुस्त पत्रकारी शैलीमार्फत निस्पष्ट दृष्टि तथा मार्मिक पीडाको उत्खनन् गरी संत्रास एवम् संघर्षकोे गहिराइ तथा जीवनप्रतिको विश्वासलाई कलात्मक उचाइका साथ प्रतिबिम्बन गर्दै नेपाली नियात्रा साहित्यको विकासमा विशिष्ट योगदान गरेबापत सर्जक श्री सरिता अर्यालको “मेरो अपहरण” शीर्षकको कृतिलार्ई ताम्रपत्र र नगद राशि एक लाख रुपैयाँसहितको २०७६ सालको “उत्तमशान्ति पुरस्कार” समर्पण गर्ने निर्णय गरेकोे छ ।’

पुरस्कार आगामी जेठ १२ गते प्रदान गरिने गुठीले जनाएको छ ।

प्रकाशित : चैत्र ३०, २०७७ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्

आगलागीमा हार्डवेयर पसल जल्यो

आश गुरुङ

लमजुङ — बेंसीसहर नगरपालिका–८, दनाई फाँटमा आइतबार बेलुकी हार्डवेयर पसलमा आगलागी भएको छ । वडा नम्बर १० बाँझखेतका गंगाबहादुर थापाको पसलमा बेलुकी साढे १० बजेतिर आगो लागेको प्रहरीले जनाएको छ । 

आगलागीको खबर आउनेबित्तिकै जिल्ला प्रहरीले प्रहरी निरीक्षक ओमप्रकाश पुनको नेतृत्वमा ३५ जनाको टोली खटाएको थियो । त्यस्तै सशस्त्र प्रहरीले असई प्रेम भुजेलको नेतृत्वमा १४ जनाको टोली खटाएको थियो । प्रहरी, स्थानीय र दमकलको सहायतामा राति १२ बजेतिर आगो नियन्त्रणमा आएको इन्स्पेक्टर पुनले बताए । उनका अनुसार आगलागीमा पसलका सबै सामान जलेका छन् ।

पसलमा रहेको एउटा कारलाई स्थानीयले धकेलेर बाहिर निकालेका थिए । उक्त कारमा आंशिक क्षति पुगेको छ । प्रहरीका अनुसार चारवटा सटरमा रहेका छड, सिमेन्ट, जस्ता, रंग, रंग बनाउने मेसिन, ल्यापटप, नगदलगायत सामग्री जलेका छन् । पसलको पछाडिपट्टि रहेको गोदाममा पनि क्षति पुगेको छ । ‘मुचुल्काका लागि प्रहरी खटाएका छौं,’ पुनले भने ।


प्रहरीका अनुसार आगो निभाउने क्रममा बाराको देउताल गाउँपालिका–४ का ३५ वर्षीय राजेश्वर पासवान घाइते भएका छन् । पेट, ढाडमा चोट लागेका उनको उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । आगलागीको कारण यकिन भइनसके पनि विद्युत् ‘सर्ट’ भएको हुन सक्ने अनुमान गरिएको इन्स्पेक्टर पुनले बताए ।

प्रकाशित : चैत्र ३०, २०७७ १०:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×