साहित्यकार शर्मा अभिनन्दित

काठमाडौँ — साहित्यकार एवं पत्रकार नगेन्द्रराज शर्मालाई अभिनन्दन गरिएको छ । शर्मा ५१ वर्षदेखि प्रकाशित ‘अभिव्यक्ति’ साहित्यिक द्वैमासिकका संस्थापक प्रधान सम्पादक हुन् । वि.सं.१९९४ चैत २२ गते रामेछापमा जन्मिएका शर्मालाई ८४औं जन्मोत्सवका अवसरमा विभिन्न साहित्यिक संस्थाले आइतबार राजधानीमा अभिनन्दन गरेका हुन् । 

साहित्यकार शर्मा अभिनन्दित

शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीले साहित्यकार शर्मा र उनकी पत्नी कमला शर्मालाई अभिनन्दन प्रदान गरेका हुन् । साहित्यकार पवन आलोकका अध्यक्षतामा गठित ‘वरिष्ठ साहित्यकार एवं साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा अभिनन्दन मूल समारोह समिति’को तर्फबाट अभिनन्दन गरिएको हो । अभिनन्दित शर्माका ‘महापुरुष’ र ‘दिवास्वप्न’ उपन्यास कृति, ‘पीपलको बोटमुनि’ र ‘एकान्तका आफन्तहरू’ कथासंग्रह प्रकाशित छन् । शर्माद्वारा सम्पादित ‘अभिव्यक्ति’ पत्रिका हालसम्म २ सय ८ अंक प्रकाशित छ । शर्मा साहित्यिक पत्रकार संघका वर्तमान अध्यक्षसमेत हुन् ।

शर्माको योगदानबारे श्रीओम श्रेष्ठ ‘रोदन’, किशोर पहाडीलगायतले चर्चा गरेका थिए भने ४५ वटा विभिन्न साहित्यिक संस्थाले अभिनन्दन गरेको अध्यक्ष आलोकले जनाएका छन् ।

प्रकाशित : चैत्र २२, २०७७ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?