शंकर लामिछाने निबन्ध पुरस्कार रसिकलाई

काठमाडौँ — शैली र शिल्पी आधारमा निबन्ध लेखनमा प्रेरक नाम बनाएका स्रष्टा शंकर लामिछानेको नाममा स्थापित निबन्ध पुरस्कार संस्मरण लेखक एवं गायक गणेश रसिकलाई प्रदान गरिएको छ ।

शंकर लामिछाने निबन्ध पुरस्कार रसिकलाई

बिहीबार आयोजित एक समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले ‘निबन्ध लेखन तथा विधागत उन्नयनमा योगदान गरेबापत’ रसिकलाई ५० हजार रुपैयाँ नगदसहितको पुरस्कार प्रदान गरेका थिए । निबन्ध–संस्मरणका विधामा ‘दशगजामा उभिएर’, ‘जब सिस्नोहरु टेक्दै हिँडे’, ‘छपक्कै मनमा बसेका’ लगायतका कृति प्रकाशित छन् भने उनका आख्यान, गीत, कविताका संग्रह पनि प्रकाशित छन् ।

समारोहमा २५ हजार रुपैयाँ राशीको शंकर लामिछाने युवा पुरस्कार निबन्धकार प्रतीक ढकाललाई प्रदान गरिएको थियो । यसैगरी, ९३ वर्षीय वरिष्ठ पत्रकार भैरव रिसाललाई अभिनन्दन गरिएको थियो ।

समारोहमा शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकाली, पद्मावती सिंह, प्रमोद प्रधान लगायतले मन्तव्य राखेका थिए । यसअघि कृष्णचन्द्रसिंह प्रधान, दुर्गाप्रसाद भण्डारी, बालकृष्ण पोखरेल, श्यामप्रसाद शर्मासहितले शंकर लामिछाने निबन्ध पुरस्कार पाइसकेका छन् ।

प्रकाशित : चैत्र ५, २०७७ १५:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?