कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

शुक्रबारदेखि धरानमा अन्तर्राष्ट्रिय साहित्यिक सांस्कृतिक महोत्सव

सुनसरी — धरानमा शुक्रबारदेखि दुईदिने अन्तर्राष्ट्रिय धरान साहित्यिक तथा सांस्कृतिक पर्यटन महोत्सव हुने भएको छ । पूर्वका श्रष्टाहरुलाई नेपाल र छिमेकी  मुलुकका अग्रज र समकालिन साहित्यकार तथा कलाकारबीच अन्तरक्रियात्मक  जमघट गराउने उद्देश्यले साहित्य र संस्कृतिको महोत्सव गर्न लागिएको हो । 

शुक्रबारदेखि धरानमा अन्तर्राष्ट्रिय साहित्यिक सांस्कृतिक महोत्सव

प्रदेश सरकार र धरान उपमहानगरपालिकाको सहयोगमा वडा नम्बर १३ ले आयोजना गर्ने महोत्वसमा भारतका मणिपुर, सिक्किम, सिलिगुरी, दार्जिलिङ, आसामलगायतबाट ५० जना नेपाली भाषी साहित्यकारहरुको सहभागिता रहने छ । महोत्वसका संयोजक साहित्यकार बम देवानकाअनुार लक्ष्मी चोकस्थित धरान बैंक्वेटमा दुईदिन सम्म चल्ने महोत्सवमा उपत्यकाका स्थापित र चर्चित कहलिएका साहित्यकारलाई भन्दा पनि अन्यत्रका साहित्यकारहरुलाई बढी प्राथमिकता दिएको छ ।

उनले भने,‘साहित्यकारहरु कला र संस्कृतिका चेतनाका सम्वाहक भएकाले छिमेकी मुलुकका नेपाली भाषी साहित्यकारहरुलाई बोलाएका छौं । साहित्य र संस्कृतिको बहससंगै पर्यटन प्रवद्र्धन गर्नु पनि अर्को उद्देश्य हो ।’

महोत्सव सम्पन्न गर्न साहित्यकार देवानको संयोजकत्वमा १७ सदस्यीय मूल आयोजक समिति बनेको छ । करिब २ सय २५ जना साहित्यकारहरुको जमघट हुने महोत्सवमा प्रा. डा.भीम खतिवडाले नेपाली साहित्यमा धरानको योगदानबारे कार्यपत्र प्रस्तुत गर्नेछन् भने विभिन्न क्षेत्रबाट आएका कविहरुको कविता वाचन पनि हुनेछ ।

नेपालीमूलका भारतीय नागरिकहरुले नेपाली साहित्यमा पुर्‍याएको योगदानबारे पनि छलफल, विमर्श कार्यक्रम हुनेछ भने कविता गोष्ठ र सांस्कृतिक कार्यक्रम आदान प्रदान गरिने सहसंयोजक गोपाल प्रयासले बताए । दोस्रो दिन गजल वाचन, नाटक मञ्चनपछि धरानबाहिरबाट सहभागी श्रष्टाहरुलाई धार्मिक पर्यटकीयस्थलहरुको अवलोकन गराउने कार्यक्रमहरु रहेको छ ।

प्रकाशित : फाल्गुन २७, २०७७ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?