कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कुमार-सरस्वती साहित्य पुरस्कार घिमिरेलाई

कान्तिपुर संवाददाता

काठमाडौँ — साहित्यकार रमण घिमिरेले ‘कुमार–सरस्वती साहित्य पुरस्कार–२०७७’ पाउने भएका छन् । वासु शशी स्मृति परिषद्का अध्यक्ष गणेश रसिकको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले घिमिरेलाई पुरस्कारले सम्मान गर्ने निर्णय गरेको हो ।

कुमार-सरस्वती साहित्य पुरस्कार घिमिरेलाई

२५ हजार रुपैयाँ राशिको उक्त पुरस्कार कवि एवं नाटककार वासु शशीको ८५ औं जन्मजयन्तीका अवसरमा आगामी चैत १३ गते प्रदान गरिनेछ ।

साहित्यकार घिमिरे चार दशकदेखि नेपाली भाषा, साहित्य र पत्रकारिता क्षेत्रमा सक्रिय छन् । उनका ‘एक दर्जन अक’ ‘...अर्थात् हामी’ र ‘सूत्रधार’ निबन्धसङ्ग्रह प्रकाशित छन् ।

प्रकाशित : फाल्गुन २२, २०७७ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?