१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

जनकपुर साहित्य महोत्सव: दोस्रो दिन ५ सत्रमा छलफल

सन्तोष सिंह

धनुषा — जनकपुर साहित्य महोत्सवको दोस्रो दिन ५ शिर्षकमा बहस भएको छ । बिहीबारको बिहानी सत्रको पहिलो बहसमा जानकी मन्थन शिर्षकमा साहित्यकार राजेन्द्र विमलले एकल विचार राखे ।

जनकपुर साहित्य महोत्सव: दोस्रो दिन ५ सत्रमा छलफल

बिहान सत्रको दोस्रो बहसमा 'जाऔं जनकपुर सुदर्शनजीसँग' विषयमा सुदर्शन लाल कर्णसँग मानषी अग्रवालले छलफल गरे । बिहानको तेस्रो सत्रमा 'समाज : सौन्दर्यभित्र, सौन्दर्यबाहिर' विषयमा जनकपुरमा एसिड आक्रमण पीडित आरती साह, सञ्चिता लुइँटेलसँग उज्वल विक्रम थापाले छलफल गरे ।

दिउँसोको 'मैथिली साहित्य र इतिहास' विषयको प्रवचनमा साहित्यकारद्वय रामवतार यादव र रोशन जनकपुरीले बहस गरे । दोस्रो दिनको अन्तिम सत्र 'किताब : वर्णदेखि वस्तुसम्म' विषयमा भुषिता वशिष्ठ, राजिवधर जोशी, गणेश लाठसँग भुपेन्द्र खड्काले छलफल गरे ।

कांग्रेस नेता विमलेन्द्र निधि आउन नसकेपछि 'राजनीतिको राग : कहाँदेखि कहाँसम्म' विषय स्थगित भएको थियो ।

प्रकाशित : फाल्गुन २०, २०७७ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?