१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

गैंडाकोटमा फाइनप्रिन्ट फिभर हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — पुस्तक प्रकाशन गृह फाइन प्रिन्टले नवलपुरको गैंडाकोटमा एक दिने घुम्ती साहित्यिक कार्यक्रम 'फाइनप्रिन्ट फिभर' गर्ने भएको छ । फागुन २८ र २९ मा हुने यो कार्यक्रममा यस वर्ष फाइनप्रिन्टबाट प्रकाशित पुस्तकका लेखकहरु सहभागी हुनेछन् । 

गैंडाकोटमा फाइनप्रिन्ट फिभर हुने

फाइनप्रिन्टले जारी गरेको प्रेस वक्तव्यका अनुसार यसमा देवेन्द्रराज पाण्डे, बाबुराम भट्टराई, रवीन्द्र मिश्र, मनिषा कोइराला, मुराहरि पराजुली, जीवा लामिछाने, असिम सागर, निरञ्जन कुँवर, राजीव उपाध्याय र सुरेश बडाल सहभागी हुनेछन् ।

कार्यक्रममा लेखकहरुले आफ्ना पुस्तक र लेखनबारे अनुभव बाँड्ने तथा पुस्तक हस्ताक्षर पनि हुने आयोजकले बताएको छ । यस्ता कार्यक्रमले लेखक र पाठकलाई नजिक ल्याउने र पुस्तक बजारलाई चलायमान बनाउन सहयोग पुग्ने पनि आयोजकले दावी गरेको छ ।

प्रकाशित : फाल्गुन २०, २०७७ १५:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?