२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

कमला ह्यारिसको ‘दि ट्रुथ्स वी होल्ड’ पुस्तक नेपाली भाषामा प्रकाशित हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकी प्रथम महिला उपराष्ट्रपति कमला ह्यारिसको किताब ‘दि ट्रुथ्स वी होल्ड’ नेपाली भाषामा पनि प्रकाशित हुने भएको छ ।

कमला ह्यारिसको ‘दि ट्रुथ्स वी होल्ड’ पुस्तक नेपाली भाषामा प्रकाशित हुने

ह्यारिसको किताब ‘वी रिड’ले नेपाली भाषामा अनुवाद गर्ने अनुमति पाएको हो ।

यो वर्षको जनवरी २० मा कमला ह्यारिस संयुक्त राज्य अमेरिकाको उपराष्ट्रपति पदभार सम्हाल्दै गर्दा उनले पहिलो महिला उपराष्ट्रपति र त्यो पदमा पुग्ने पहिलो कालो वर्णकी महिला तथा पहिलो दक्षिण एसियाली महिला बनिन् ।

ह्यारिसको उक्त किताब बेस्ट सेलर पुस्तकको सूचीमा पर्न सफल पुस्तक पनि हो ।

वी रिडले कमला ह्यारिसको सोही पुस्तक ‘दि ट्रुथ्स वी होल्ड’ नेपालीमा प्रकाशन गर्न लागेको हो । कथालयकी प्रमुख कार्यकारी अधिकृत सुनिती अमात्यले पुस्तक चाँडै प्रकाशन गरिने जानकारी दिइन् ।

कमलाको यो पुस्तक सन् २०१९ मा चुनावी अभियानअघि सार्वजनिक भएको पुस्तक हो । पुस्तकमा उनको करियर, निजी अनुभव र वैचारिक धारणाको मिश्रण भेटिन्छ ।

प्रकाशित : फाल्गुन १९, २०७७ २१:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?