कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मिश्रको नयाँ पुस्तक फागुन अन्तिम साता बजारमा आउने

कान्तिपुर संवाददाता

काठमाडौँ — विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको नयाँ पुस्तक यही फागुनको अन्तिम साता बजारमा आउने भएको छ । उनको यो चौथो पुस्तक हो ।

मिश्रको नयाँ पुस्तक फागुन अन्तिम साता बजारमा आउने

‘कल्याणकारी लोकतन्त्रको प्रस्तावना’लाई मूल निबन्ध बनाई त्यसैको सेरोफेरोमा शिक्षा, स्वास्थ्य, परराष्ट्र, अर्थतन्त्र, सुशासन, नेतृत्व, राजनीति, राजकाज र समाजका विविध आयाममाथि विश्लेषण गरिएका ३८ वटा स्तम्भ–निबन्धहरूको संग्रह रहेको ‘राजनीतिसँगै राजकाज’पुस्तक फागुन अन्तिम हप्ता सार्वजनिक हुने प्रकाशक फाइनप्रिन्ट बुक्स्‌ले जनाएको छ ।

पुस्तकबाट प्राप्त हुने सम्पूर्ण लेखकस्व (रोयल्टी) लेखक मिश्रले विवेकशील साझा पार्टीलाई प्रदान गर्ने बताएका छन् । यसअघि प्रकाशित तीनवटा पुस्तकको लेखकस्व सुरुदेखि नै चितवनमा विपन्न चेपाङ समुदायमा कार्यरत मितेरी फाउन्डेशनको सहयोगार्थ प्रदान गर्दै आएको पनि लेखक मिश्रले बताए ।

मिश्रको पुस्तकबारे राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेले नेपालको दूरदृष्टिपूर्ण रूपान्तरण तथा राजनीतिक नेतृत्वमा चासो हुने सबैले पढ्नैपर्ने ‘राजनीतिसँगै राजकाज’ रहेको बताए ।

‘हामीले राजनीति धेरै गर्‍यौं। तर राजकाजमा सधैं चुक्यौं । नेतृत्वका पञ्च गुण— इमानदारी, क्षमता, सामान्य सुझबुझ, विचार र दूरदृष्टिमा सन्तुलन नभएसम्म संसारका कुनै पनि नेतृत्व रूपान्तरणकारी हुन नसक्ने रहेछन्,’ लेखक मिश्र भन्छन्, ‘पुस्तकले ती गुणहरूको महत्त्वमाथि विशेष जोड दिएको छ।’


प्रकाशित : फाल्गुन १३, २०७७ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?