कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साहित्यकार नेपाल र राजनीतिज्ञ दाहाल पुरस्कृत

कान्तिपुर संवाददाता

काठमाडौँ — बीपी कोइराला स्मृति ट्रस्टले शुक्रबार दुई सर्जकलाई पुरस्कृत गरेको छ । वरिष्ठ साहित्यकार ज्ञानमणि नेपाल र राजनीतिज्ञ एवं पत्रकार होमनाथ दाहाललाई सम्मानित गरेको हो ।

साहित्यकार नेपाल र राजनीतिज्ञ दाहाल पुरस्कृत

ट्रस्टले ०७१ सालदेखि साहित्य र प्रजातान्त्रिक आन्दोलनका सेनानी गरी दुई विधाका सर्जकलाई बर्सेनि पुरस्कृत गर्दै आएको छ । पुरस्कारको राशि साहित्यतर्फ १ लाख १ हजार रुपैयाँ छ भने र प्रजातान्त्रिक सेनानी सम्मान ५१ हजार रुपैयाँ राशीको छ ।

पूर्वसभामुख दमननाथ ढुंगानाले नेपाल र दाहाललाई पुरस्कृत गर्दै बीपी र सात सालको ऐतिहासिक दिनको तुलना गरेका थिए । ढुंगानाले सात साल नै नेपालको परिवर्तनको एकमात्रै राष्ट्रिय दिवस रहेको बताउँदै त्यसको महत्त्वलाई पछिल्ला दिनमा घटाउन खोजिएको बताए । बीपीको मेलमिलापको नीतिलाई छाड्दा नै राज्य प्रणालीले स्थायीत्त्व लिन नसकेको बताए ।

‘बीपीले लिएको मेलमिलापको पार्टी छ कि छैन ? सत्ताको लागि भोट लिनका लागि त होला । नीति कहाँ छ ?’ ढुंगानाले भने,‘मेलमिलाप को संग गर्ने भन्ने समय अनुसार फरक हुन्छ, तर त्यसलाई छोड्न सकिन्न ।’

कार्यक्रममा ट्रस्टका महासचिव रामचन्द्र पोखरेलले ट्रस्टले आगामी दिनमा बीपीको खोज, अनुसन्धान र संग्राहलयका लागि ९ करोड रुपैयाँको लागतमा भवन बनाउने तयारी गरीरहेको बताए ।

प्रकाशित : फाल्गुन ७, २०७७ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?