३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

जनकपुर साहित्य महोत्सव हुँदै

काठमाडौँ — 'जनकपुर साहित्य महोत्सव' घोषणा गरिएको छ । मिथिला फाउन्डेसनले आयोजना गर्ने महोत्सव फागुन १९ देखि २४ सम्म हुनेछ । शुक्रबार राजधानीमा आयोजित घोषणा कार्यक्रममा महोत्सवलाई पृथक बनाउने तयारी गरेको बताइयो ।

जनकपुर साहित्य महोत्सव हुँदै

महोत्सवमा साहित्य, लेखन, सिनेमा, संगीत राजनीति, समाज र विज्ञान प्रविधिका विषयमा छलफल गरिने आयोजक मध्येकी प्रियंका झाले बताइन् ।'महोत्सवमा मैथली साहित्य, विद्यापतिको स्मरण, सीमा पारीको साहित्य, विदेशिएकाको कथा, पुस्तकको कथा, महिला महिमा, सिनेमाको कुरालगायतको विषयमा प्यानल छलफल गरिनेछ । जनक जानकी सभाबाट सुरु हुने कार्यक्रममा १५ सेसन रहनेछन्,' उनले भनिन् ।

महोत्सवमा बंगलादेशका केही साहित्यकारको पनि उपस्थिति रहने आयोजकले जनाएका छन् । त्यस्तै 'महिलाको महिमा' भन्ने महिला सम्बन्धि विशेष सेसन पनि महोत्सवमा रहने छ । घोषणा कार्यतक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले समृद्ध मुलुक बन्नका लागि बाटो, भवनको विकास मात्र नभइ भाषा, सँस्कृतिक, रहनसहनले अर्थ राख्ने बताए । 'समाजमा रहेका विभेद, असमानता र वर्गीय, लैङ्गिक असमानता जबसम्म अन्त हुन सक्दैन, तबसम्म कुनै मुलुक समृद्ध मुलुक कहलिँदैन,' राउतले भने ।

प्रकाशित : माघ ३०, २०७७ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?