‘भाषा र भोजपुरी भाषा’ को लोकार्पण- साहित्य/विविध - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘भाषा र भोजपुरी भाषा’ को लोकार्पण

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले आइतबार राजधानीमा ‘भाषा र भोजपुरी भाषा’ पुस्तकको लोकार्पण गरेका छन् । साहित्यकार  एवं भाषासेवीद्वय गोपाल अश्क र विश्वभरकुमार शर्माद्वारा लिखित यो पुस्तक नेपाली भाषामा लेखिएको भोजपुरी व्याकरण हो ।

कार्यक्रममा कुलपति उप्रेतीले भाषा भूगोलको आधारमा छुट्टिँदै जाने उल्लेख गर्दै यो पुस्तकले नेपालमा बोलिनी भोजपुरीलाई अपनत्व दिलाउन सहयोग गर्ने बताए । ‘कुनै भाषालाई स्थापित गर्न त्यस भाषाको व्याकरण र साहित्य महत्वपूर्ण भएकाले यो पुस्तक त्यसका लागि उपयोगी हुन सक्छ ’ उनले भने, ‘नेपालको पहिचान भनेको बहुलता हो, त्यो बहुलताको एउटा अंग भोजपुरी भाषा पनि हो ।’

ऐरावती प्रकाशनद्वारा प्रकाशित पुस्तकको समीक्षा गर्दै प्राज्ञ देवी नेपालले पुस्तकमा भोजपुरी भाषा र यसको विकासक्रमलाई तथ्य र प्रमाणसहित पेस गरिएको बताए । उनले भने, ‘पुस्तकमा भाषिक भेदहरु समेत चर्चा गरिएकाले भोजपुरी पढ्न र बुझ्ने चाहना राख्नेका लागि यो उपयोगी छ ।’

प्रा डा देवीप्रसाद गौतमले भने पुस्तक भोजपुरी भाषाको व्याकरण नभई भोजपुरीमा व्याकरण लेख्नेहरुका लागि एउटा महत्वपूर्ण आधार हुन सक्ने बताए । प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सदस्य एवं साहित्यकार दिनेश गुप्ताले आदर्श वा केन्द्रीय भोजपुरी शैलीलाई अंगिकार गरी लेखिएको पुस्तक सबैले बोल्ने र बुझ्ने भाषामा लेखिएको जनाए ।

कार्यक्रममा ऐराबती प्रकाशनका रामदेव पाण्डे, हिन्दी साहित्यकार श्वेता दिप्तीसहितले पुस्तकबारे आ–आफ्नो धारणा राखेका थिए ।

प्रकाशित : माघ २५, २०७७ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्

केपी ओली केशरजंग रायमाझीको पुनरागमन : झाँक्री

घनश्याम खड्का

म्याग्दी — नेकपा दाहाल–नेपाल समूहकी युवा नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी ओलीलाई ‘शाही कम्युनिस्ट’ केशरजंग राजमाझीको पुनरागमन भएको आरोप लगाएकी छन् ।

फाइल तस्बिर

झाँक्रीले प्रधानमन्त्री ओलीलाई ‘कागजी तानाशाह’ र राष्टपति विद्यादेवी भण्डारीलाई ‘बडा महारानी’को संज्ञा दिइन् ।

नेकपा दाहाल–नेपाल समूह म्याग्दीले आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले भनिन्, ‘तत्कालीन नेकपा एमालेको नवौं महाधिवेशनबाट अर्काको विचारमा केपी ओली अध्यक्ष निर्वाचित भएसँगै पार्टी विघटन भइ अर्को केशरजंग रायमाझी जन्मनु स्वभाविक थियो ।’

झाँक्रीले थपिन्, ‘नेकपा विघटनको दोष पूर्वएमाओवादी र दाहालको होइन, मुलत: पूर्व एमालेकै दोष हो । संगठनात्मक स्वरुप टुंगो नगरी राज्य सत्ता कब्जा गर्न निरंकुश लालसा पालेका दक्षिणपन्थ केपी ओलीको नक्कली पार्टी एकताको भड्कारोमा पार्टी एकता गरिएको हो ।’

नेतृ झाँक्रीले अध्यक्ष पुष्पकमल दाहालतर्फ लक्षित गरी थपिन्, ‘प्रधानमन्त्रीको लालासामा एक छाक भात खाएर लाएको पिरतीको स्वाद बल्न देखिन थालेको छ । हाम्रा नेताले पनि बल्न स्वाद पाएका छन, अब त चेत पाएकी ?’ अर्को एक प्रसंगमा नेतृ झाँक्रीले वामदेव गौतमले आफ्ना परिवारका सदस्य, आफन्त र पूर्वसहकर्मीहरु ओलीको दैलोमा पठाएर पार्टी एकताको नौटंकी गर्दैसाथीहरुलाई फसाउन ‘पासो’ थापेर बसेको आरोप लगाइन् ।

‘पार्टी एकताको पासो थापेर सोझा र निर्दोष कार्यकर्तालाई फसाउँदै ओलीकोमा पठाउन वामदेव नाटक गरिरहेका छन् । खासमा पार्टी विघटनको अवस्थामा पुग्नुमा एउटा मुख्यपात्र वामदेव पनि हुन,’ झाँक्रीले भनिन्, ‘ओलीले नमिल्ने प्रधानमन्त्री दिने वामदेवलाई जति बेला जे चाहियो जादुको छडीले त्यही ल्याउनु पर्ने, संविधान, ऐन, कानुन, विधि र पद्धति नचाहिने । चुनाव हारेको एक महिनामै जसरी पनि सांसद् हुनु पर्ने, प्रधानमन्त्री हुनु पर्ने । हिजो ६० जना कार्यकर्ता लिएर एमाओवादी छिर्न तम्तयार भएका वामदेवले आज हामीलाई भन्छन्–कसरी प्रचण्डको कार्यकर्ता हुन सक्यौ ?’

प्रकाशित : माघ २५, २०७७ २०:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×