कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भट्टराईको ‘परराष्ट्रका प्रशासक’ प्रकाशित

काठमाडौँ — झन्डै चार दशक कूटनीतिक सेवामा बिताएका मदनकुमार भट्टराईले लेखेको कृति ‘परराष्ट्रका प्रशासक’ शुक्रबार विमोचन भएको छ ।

भट्टराईको ‘परराष्ट्रका प्रशासक’ प्रकाशित

हालसम्म परराष्ट्र सचिव भएका दुई दर्जन पदाधिकारीको व्यक्तिगत र प्रशासनिक कार्यसम्पादनका बारेमा उल्लेख भएको कृतिमा जैसिकोठा, मुन्सीखाना हुँदै अघि बढेको नेपालको कूटनीतिक इतिहासलाई केलाइएको छ । मुन्सीखानाको पृष्ठभूमि, बडाकाजी पाउने चार अधिकारी, परराष्ट्र सचिवको कार्यक्षेत्र आदि सहितका पक्ष समेटिएको कृतिमा प्रशासकको कमीकमजोरीबारे भने त्यति उल्लेख गरिएको छैन । सांग्रिला बुक्सले निकालेको कृतिबारे पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, पूर्वउपकुलपति केदारभक्त माथेमा, महिला अधिकारकर्मी वन्दना राणालगायतले मन्तव्य राखेका थिए ।

परराष्ट्र सचिवसहित जर्मनी र जापानका लागि राजदूत तथा राष्ट्रपति विद्यादेवी भण्डारीको कूटनीतिक सल्लाहकारसमेत भएका भट्टराईको यसअघि ‘परराष्ट्रका पात्र’ कृति प्रकाशनमा आइसकेको छ ।


प्रकाशित : माघ ११, २०७७ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?