कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

‘उडियाना-उडिसाका पद्मसम्भव’ बजारमा

काठमाडौँ — बौद्ध धर्मको विकास र विस्तारमा पद्मसम्भव (गुरु रिम्पोचे) को विशेष योगदान छ । उनलाई तिब्बतमा बौद्ध धर्म विस्तार गर्ने श्रेय दिइन्छ । त्यसैगरी भारतको उडिसा बौद्ध संस्कृतिको ऐतिहासिक केन्द्र मानिन्छ । 

‘उडियाना-उडिसाका पद्मसम्भव’ बजारमा

वी रिडले बौद्ध धर्म संस्कृतिका महत्वपूर्ण यी थलो र यी गुरुबारे जानकारी दिने पुस्तक ‘उडियानाका उडिसाका पद्मसम्भव’ बजारमा ल्याएको छ ।

डा. विमलेन्दु मोहन्तीद्वारा सम्पादित यो पुस्तकमा ऐतिहासिक खोज, तथ्य र पुरातात्विक अभिलेखहरुसमेतका आधारमा विभिन्न विद्वानहरुले लेखेका लेख समावेश छन् ।

नेपाल, भारत, तिब्बत, भुटानको सामाजिक जीवनमा बौद्धधर्मको खास प्रभाव भेटिन्छ ।

इशापूर्व २६१ मा भारतका सम्राट अशोकको पालामा बुद्ध धर्मले राजधर्मको मान्यता पायो । त्यसपछि बौद्ध धर्म संसारका विभिन्न भूगोलमा फैलियो । यसक्रममा बौद्ध धर्मका अनेक रुप र पद्दतिको विकास हुादै आयो । तीमध्ये महायान र बज्रयानको विकास उडिसाबाटै भएको मानिन्छ । आठौं शताब्दीपछिका बौद्ध धर्मका स्रोतहरु उडियाना र त्यहााका राजा इन्द्रभूतिसँग पनि जोडिन्छ ।

पुस्तकमा कमलको फूलबाट जन्मेको र तन्त्रका ज्ञाता मानिने पद्मसम्भवको तिब्बतसागको सम्बन्धबारे विशेष प्रकाश पारेको छ । पुस्तक बौद्ध धर्मका फरक चरण, फरक आयाम र यसको विस्तारमा पद्मसम्भवको भूमिकाबारे जान्न चाहनेका लागि उपयोगी छ ।

पद्मसम्भवले नेपाल भ्रमण गरेका तथ्यहरुबारे पनि धेरै चर्चा हुने गरेको छ । मुस्ताङदेखि फर्पिङसम्म पद्मसम्भवसँग जोडिएका गुम्बा र गुफा भेटिएका छन् । त्यसैले बौद्ध इतिहासको विकासक्रम बुझ्न चाहने नेपाली पाठकका लागि पुस्तक उपयोगी हुने प्रकाशकको दाबी रहेको छ ।

१६६ पृष्ठको यो पुस्तकको मूल्य आठ सय रुपैयाँ तोकिएको छ ।

प्रकाशित : माघ ५, २०७७ १३:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?